०९ बैशाख २०८२, मंगलबार

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, माघ ३०, २०८१

पाँचथर — इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले राईकै छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनराजका २९ वर्षीय छोरा एडवड राई, बुहारी (एडवड) की श्रीमती २६ वर्षीया मालती तामाङ (राई) सहित रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाउ परेका अन्य ४ जनामा २४ वर्षीय छिमेकी नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेको इलामका प्रहरी प्रमुख (एसपी) एकनारायण कोइरालाले जानकारी दिए ।

धनराजको शव माघ २८ गते आफ्नै घरको भुइतलास्थित गोप्य कोठामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

मृतकको टाउको अगाडि र पछाडिको भागमा ठूलो गहिरो चोट लाग्नुका साथै कोठामा रगत लतपतिएको तथा कोदालो, फलामको रड र आग्लो जस्तु वस्तु भेटिएपछि हत्या भएको हुनसक्ने आशंकमा छोरा–बुहारी सहित ६ जनलाई पक्राउ गरी अनुसन्धान थालिएको पनि कोइरालाको भनाइ छ ।

सोमबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट मंगलबार नै ८ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066