

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिकाले फागुन १ गतेलाई सार्वजनिक बिदा दिएको छ ।
जनयुद्ध दिवसको अवसरमा पालिका अध्यक्ष स्तरीय निर्णय अनुसार बिदा दिइएको उल्लेख छ ।
बिदा सम्बन्धी सूचनामा गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले हस्ताक्षर गरेका छन् ।
राजन माओवादीबाट उम्मेद्वार बनेर बिजयी भएका हुन् ।
गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, सङ्घ संस्था, बैंक, वित्तिय संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा दिने निर्णय भएको उल्लेख छ ।
फक्ताङलुङले गतवर्ष पनि बिदा दिएको थियो ।
काँग्रेस र माओवादी गठबन्धन भएको ताप्लेजुङमा गत निर्वाचनमा माओवादीले फक्ताङलुङ र मैवाखोलामा अध्यक्ष पदमा जितेका छन् ।
मिक्वाखोला, सिदिङवा र सिरिजङ्गा गाउँपालिकामा उपाध्यक्ष जितेका छन् ।