०९ बैशाख २०८२, मंगलबार

 

१५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, माघ ३०, २०८१

ताप्लेजुङ – आइतबार वाट सुरु भएको १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोला गाउपालिकाले जितेको छ । होमपालिका र होममैदानको फाइदा लिंदै २५ स्वर्ण सहित यस वर्षको उपाधि जितेको हो । यस वर्षको प्रतियोगिता मैवाखोला गाउपालिकाको केन्द्र साघुको खेल मैदानमा भएको थियो ।
गतवर्षको उपाधि विजेता आठराईत्रिबेणी गाउपालिका उपविजेता भएको छ । उसले २० स्वर्ण जित्यो । जिल्लाको एकमात्र फुङलिङ नगरपालिका भने १७ स्वर्ण सहित तेश्रोमा खुम्चिएको छ । आयोजक मैवाखोलाले उसु, मार्सल आर्ट र करा“तेमा मात्रै १७ स्वर्ण जितेको प्रतियोगिता आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ तथ्याङ्क शाखाका चिरञ्जीवी चोङवाङले जानकारी दिए ।
नौवटा स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा मेरिङदेनले दुई, मिक्वाखोला र पाथीभरा याङवरकले एकएक स्वर्ण जिते । फक्ताङलुङ र सिरिजंगा गाउ“पालिका पदक बिहिन भए । चोङबाङका अनुसार उनिहरुले स्वर्ण, रजत र कास्य कुनैपनि पदक जितेनन् । स्वण जित्न नसकेको सिदिङवा गाउ“पालिकाले रजत र काश्य पदक जित्यो ।
भलिबल प्रतियोगितामा छात्रा तर्फको उपाधि मैवाखोलाले जित्योभनें फुङलिङ नगरपालिका उपविजेता भयो । छात्रको उपाधि मेरिङदेन ले जित्दा फुङलिङ उपविजेता बन्यो । कबड्डी तर्फको उपाधि छात्रमा फुङलिङ र छात्रामा मैवाखोलाले जिते । छात्रमा फुङलिङले मैवाखोलालाई हरायो भनें छात्रामा मैवाखोलाले फुङलिङलाई बदला लियो ।
प्रदेश स्तरीय प्रतियोगितामा सहभागि धेरैजसो खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यकारी अधिकृत यज्ञनिधि पौडेलले बताए । मैवाखोला गाउ“पालिकाले पा“चसय वढी विद्यार्थीको सामूहिक नृत्य तथा मुन्धुमी सिलामसाक्माको प्रतिमा सहित विशेष कार्यक्रमका साथ उद्घाटन गरेको थियो । आगामी बर्षको प्रतियोगिता सिदिङवा गाउ“पालिकामा हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश मावोले जानकारी दिए । प्रतियोगितामा ६६ स्वर्ण,६६ रजत र ७० कास्यका लागि स्पर्धा भएको थियो ।

कसले कति पदक जिते ?
मैवाखोला २५ स्वर्ण १८ रजत र १८ कास्य
आठराई त्रिबेणी २० स्वर्ण २० रजत १९ कास्य
फुङलिङ नगरपालिका तेस्रो १७ स्वर्ण १५ रजत १५ कास्य
मेरिङदेन गाउँपालिका २ स्वर्ण ३ रजत ३ कास्य
पाथीभरा याङवरक १ स्वर्ण ५ रजत १ कास्य
मिक्वाखोला १ स्वर्ण ३ रजत २६ कास्य
सिदिङ्वा २ रजत ७ कास्य
फक्ताङलुङ पदक विहिन
सिरिजङ्गा पदकबिहिन

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066