

ताप्लेजुङ – जनयुद्ध दिवसको अवसरमा सदरमुकाम फुङलिङमा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । मााओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपाल र अनेरास्वियु क्रान्तिकारीको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।
३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा ताप्लेजुङ सहइन्चार्ज लक्ष्मी अन्छङ्बो, सचिव सागरमणि गौतम, प्रदेश कमिटी सदस्य सुरज ओझा लगायतको सहभागिता रहेको थियो ।
जनयुद्धको विषयमा माओवादी केन्द्र फुङ्लिङ नगरकमिटीका पूर्वअध्यक्ष गंगाराम शङ्खर र वाईसीएल जिल्ला अध्यक्ष कैलास माबो लगायतले धारणा ब्यक्त गरेका थिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिता पन्दाकले यसले जनयुद्धको महत्व दर्साएको बताइन ।
माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।