०९ बैशाख २०८२, मंगलबार

 

ताप्लेजुङमा निषेधाज्ञा हटाइयो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, फाल्गुण १३, २०८१

ताप्लेजुङ — ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा समितिको फागुन १३ मा बसेको बैठकको सिफारिसबमोजिम निषेध आदेश हटाइएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो । उक्त विषयमा सदरमुकाम फुङलिङमा समेत झडप भयो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066