०६ बैशाख २०८२, शनिबार

 

गृहमन्त्रीलाई कोशीका संघीय सांसदको सुझाव- वार्ता गरेर केबलकार निर्माणको वातावरण बनाऔं

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, फाल्गुण १५, २०८१

पाथीभरा क्षेत्रमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्न कोशी प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन् ।

गृहमन्त्री रमेश लेखकसँग आज भएको छलफलका क्रममा सांसदहरूले विकास निर्माण गर्दा पनि सबै पक्षको सहमति लिन आवश्यक भएकाले आन्दोलनरत पक्षलाई पनि मनाएर निर्माण गर्न सरकारलाई सुझाव दिएका हुन् ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माण सुरु भएपछि नो केबलकार पक्षले आन्दोलन गर्दै आएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूसँग आज छलफल गरेका थिए ।

छलफलमा सहभागी नेकपा एमालेका सांसद भीम आचार्यले केबलकार निर्माण गर्न आवश्यक भए पनि आन्दोलनरत पक्षलाई पनि सहमतिमा ल्याएर निर्माण गर्नु पर्ने धारणा राखे ।

उनले भने, ‘केबलकार निर्माण हुँदा सास्कृतीक सम्पदामा अतिक्रमण हुने देखि निर्माण स्थल वर पर पारेर भए पनि निर्माण गरिनु पर्छ । यसका लागि वार्ता र संवाद बढाउन पर्छ ।’ गृहमन्त्रीसँग छलफल गर्न १८ जना प्रतिनिधि सभा सदस्यहरू पुगेका थिए ।

छलफलमा सहभागी नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले लगानीको वातावरण बिग्र न नदिई सबै पक्षसँग छलफल गरेर काम अगाडि बढाउनु पर्ने गृहमन्त्रीलाई सुझाव दिए ।

उनले भने, ‘यो कुनै नयाँ काम होइन पुराना सरकारले गरेको निर्णयको निरन्तरता हो । सरकारमा हुँदा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गरेका कारण पनि समस्या भएको हो । विकास निर्माणका विषयमा राजनीति गर्न हुँदैन । उनले माओवादी सरकारमा हुँदा केबलकार निर्माण गर्ने कुरामा सहमत भएको दाबी गरे । उनले भने, ‘यस अघि आफू सरकारमा हुँदा के के निर्णय भएको थियो त्यो पनि हेरौँ विरोधका लागि विरोध नगरौँ ।’ उनले वार्ता टोली गठन भएकाले यसलाई राजनीति करण नगर्न सुझाव दिए ।

छलफलमा सहभागी सत्त पक्षकै धेरै जसो सङ्घीय सांसदहरूले आन्दोलनरत पक्षको माग नसुनी केवकार निर्माण गर्न नहुने बताए । उनीहरूले भने, ‘वार्तामार्फत उनीहरूको कुरा सुनेर निर्माण कार्य सुरु गर्न पर्छ । दमन गरेर गरिएको विकास विकास हुँदैन ।’

केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विवादले उग्र रूपमा लिएपछि अहिले स्थगित भएको छ । पटक पटक वार्ता गरे पनि अहिलेसम्म निकास भेटिएको छैन। यसअघि पनि गृहमन्त्रीले कोशीका चार जिल्लाका सांसदहरूसँग छलफल गरेका थिए ।

 

 

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066