१९ पुष २०८१, शनिबार

काग्रेस सभापतिले पार्टीवाट निर्वाचित पालिका प्रमुखको श्रेणी छुट्याए (भिडियो सहित)

Logo
Taplejung Press सोमबार, आषाढ २४, २०८१

ताप्लेजुङ प्रेस । नेपाली काग्रेसका सभापति गजेन्द्र प्रसाद तुम्याहाङले आफ्नो पार्टीवाट निर्बाचित स्थानीय तहका प्रमुखले सन्तोषजनक नै काम गरेको भएपनि फुङलिङ नगरपालिकाको बिषयमा भनें छुट्टै वहस गर्नुपर्ने वताएका छन ।

पार्टीवाट निर्वाचित जनप्रतिनिधिले कत्तीको समन्वय गछर्न पार्टीमा भन्ने विषयको छलफल कार्यक्रममा तुम्याहाङले सव्रभन्दा वढी समन्वय मेरिङदेन गाउ“पालिका अध्यक्ष डम्वर हाङगामले गर्ने वताए । ”उहा“ पार्टीको सचिव भएरपनि होला धेरै समन्वय त उहावाटै हुन्छ,” तुम्याहाङले थपे, “दोश्रोमा मिक्वाखोलाका भक्त कार्की र तेश्रोमा सिरिजंगाका अध्यक्ष लालकृष्ण चौहानले गछर्न ।”

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले भनें पार्टीस“ग समन्वय नगरेको उनले वताए । तुम्याहाङले त्यही पार्टीमा वसेर राजनीति गरेर निर्बाचित भएका र अर्को पार्टीवाट आएकाहरुमा भिन्नता हुनेपनि वताए । तथापी जनताका पक्षमा राम्रो कामगरे पार्टीमा समन्वय नगर्दापनि फरक नपर्ने तुम्याहाङको तर्क छ ।

ताप्लेजुङमा फुङलिङ नगरपालिका प्रमुख सहित मेरिङदेन, मिक्वाखोला र सिरिजंगा गाउपालिका काग्रेसवाट उम्मेद्धार वनेकाहरुले जितेका छन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066