

ताप्लेजुङ – अन्यत्र निर्वाचन भइरह“दा पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा भनें स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पदस्थापन तथा सपथ ग्रहण भएको छ । निर्वाचन समितिका संयोजक युवराज बस्नेतले मंगलबार निर्वाचित प्रमाणपत्र प्रदान गर्दै शपथग्रहण गराएका छन् ।
यहा“ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल क्रान्तिकारी एस गरी चार विद्यार्थी सङ्गठनबिचको सहमतिमा स्ववियु निर्विरोध चयन भएको हो । नेविसङ्घका तिलकुमार जोगी अध्यक्ष, अखिल क्रान्तिकारीका रोशन साउदेन उपाध्यक्ष, लक्ष्मण पौडेल (अनेरास्ववियु) सचिव, निकिता लिम्बू (अखिल क्रान्तिकारी) कोषाध्यक्ष र सपना फेम्बो लिम्बू (नेविसङ्घ) सहसचिव चयन भएका छन् । रोशन र सपना समानुपातिक कोटाबाट स्ववियुमा प्रतिनिधित्व पदाधिकारी चयन भएका हुन् ।
सदस्यमा नेविसङ्घका तर्फबाट सौगात बिष्ट, मुना दाहाल, अभिषेक लिम्बू चयन भएका छन् । अनेरास्ववियुवाट सनुजा गौतम, विनु तामाङ, मालती शेर्पा र गृष्मा लिम्बू रहेका छन् । अखिल क्रान्तिकारीबाट शान्तिला गुरुङ र सुजन लिम्बू तथा अखिल एसबाट र ज्ञानेन्द्र पुर्कुटी सदस्य भएका छन् । पाथीभरा क्याम्पसमा १५ सदस्यिय वनेको छ ।
निर्वाचन तालिकाअनुसार गत मङ्गलबार विद्यार्थी सङ्गठनले सहमतिका आधारमा मनोनयन दर्ता गराएका थिए । अघिल्लो स्वबियु र्बिाचनमा भनें यहा“ नेविसंघ र अनेरास्वबियु तथा माउ पाटीबिच झडप समेत भएको थियो ।