०७ बैशाख २०८२, आइतबार

ताप्लेजुङमा एसइइको २२ सय ७२ परिक्षार्थीका लागि ४ सय १० जनशत्ति

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, चैत्र ०४, २०८१

ताप्लेजुङ – चैत्र ७ गतेदेखि हुने एसइइ परिक्षाका लागि ४ सय १० जना जनशत्ति परिचालित हुने भएको छ । यस वर्षको परिक्षाका लागि २२ सय ७२ जना बिद्यार्थीले फर्म भरेका छन् ।
पा“च बिद्यार्थी बराबर एक जनशत्ति परिचालित हुन लागेको हो । एक नगरपालिका र आठ गाउ“पालिका गरी नौवटा स्थानीय तह रहेको जिल्लामा १७ वटा परिक्षा केन्द्र रहेको छ । सबैभन्दा वढी पा“च वटा परिक्षा केन्द फुङलिङ नगरपालिकामा रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख युगमणि सवेहाङका अनुसार हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष र ७५ भन्दा वढी बिद्यार्थी भएकोमा एक सहायक केन्द्राध्यक्ष हुनेछन् । २० जना विद्यार्थी वरावर एक जना निरिक्षक रहनेछन् । १७ केन्द्राध्यक्ष २१ परिक्षा सहायक, ४४ सहयोगी ११३ निरिक्षक र बा“की सुरक्षाकर्मी परिचालीत हुनेछन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले एउटा केन्द्रमा महिला प्रहरी समेत गरी ५ देखि ७ जनासम्म सुरक्षाकर्मी हुनेछन् । यस वाहेक परिक्षा केन्द्रको संबेदनसिलतालाई दृष्टिगत गरी सशस्त्र प्रहरीपनि परिचालन गरिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वताए । फुङलिङको प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला प्रहरी कार्यालय र वाहिरको हकमा नजिकको प्रहरी चौकीवाट हरेकदिन परिक्षा केन्द्रमा लाने वयवस्था मिलाइएको रावलले जानकारी दिए ।
यसवर्ष नियमित १ हजार ४ सय १५, ग्रड बृद्धि ७ सय १०, प्राविधिक नियमित १ सय २२ र ग्रेड बृद्धि २५ जना रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066