

ताप्लेजुङ – आफ्नै बारीमा झ्यास जलाउने क्रममा आगोले पोलेर आठराईत्रिबेणी गाउँपालिका १ निगुरादिनमा ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । बुधबार दिउसो सुरेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार आफ्नै घरबाट डेढसय मिटर दूरीमा रहेको बारीमा झ्यास जलाउने क्रममा आगो ठुलो बलेको र भाग्नेक्रममा बारीको डिलबाट सातआठ मिटर तल लडेर मृत्यु भएको हो । उनको खुट्टाहरू आगोले भेट्टाएर पोलेको छ ।
घटनास्थलमा प्रहरी चौकी निगुरादिन र इलाका प्रहरी कार्यालय दोभानको टोली परिचालन गरिएको र पोष्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाउने रावलले बताएका छन् ।