०७ बैशाख २०८२, आइतबार

वाणिज्य सङ्घको नेतृत्वकालागि दावा र कमलको प्रतिष्पर्धा, सहमति भए नारान, बिकास, दिनेश आकाङ्क्षी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, चैत्र ०८, २०८१

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको आगामी नेतृत्वका लागि अहिलेका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा र महासचिव कमल लिम्बू बिच प्रतिष्पर्धा हुने पक्कापक्की जस्तै भएको छ । दिनहुँको सहमतिको प्रयास सफल हुन सकेको छैन ।

अहिलेसम्मको छलफल अनुसार कमलले दावी छोडे मात्रै सहमति जुट्ने भएको हो । कमल उठे उनको भन्दा माथिल्लो मर्यादा क्रममा रहेका दावाले कुनैपनि हालतमा नछोड्ने प्रस्ट पारेका छन् । ‘हाम्रोमा अहिले सम्मका अध्यक्षहरूले दुईदुई कार्यकाल चलाएका छन्, सन्तोष खतिवडा, तारा घिमिरेले दुई कार्यकाल चलाउनु भयो,’ दावाले भने, ‘मैले नारान दाइलाई अव एक कार्यकाल चलाउनु होस भने, नभए विकास गौतमपनि सिनियर दाइ हो उहाले चलाएपनि हुन्छ, उहाँहरू पछिको म हो, मैले त अरुलाई छोड्ने कुरै भएन नी !’

शुक्रबार नारान, दावा, कमल र विकासले बेलुका ८ बजेसम्म छलफल गरेका थिए । कमलले ‘म आगाडि बढे अव पछि हट्दीन’ भनेपछि छलफल टुङ्गिएको सहभागीले बताएका छन् । सर्वसम्मत भए नारानले एक कार्यकाल दोहोर्‍याउने इच्छा देखाएका छन्भने विकास र दिनेश अधिकारीले पनि इच्छाएको व्यवसायी बताउँछन्‌ । तर विकासले भनें आफू अध्यक्ष भए बरिष्ठ उपाध्यक्ष दिनेश हुनुपर्ने प्रस्ताव गरेका छन् । सहमति भए दावा अहिलेकै पद लिने चाहनामा छन् । त्यसैले विकासको प्रस्तावपनि सफल नहुने व्यवसायी बताउँछन्‌

वाणिज्य सङ्घले आगामी अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । ६ सय ३४ मतदाताको नामावली टुङ्गो लगाएको छ । मनोनयन दर्ताको मिति ११ गतेलाई तोकिएको छ । उम्मेद्वारी अन्तिम नामावली प्रकाशन १४ गतेकालागि राखिएकाले सहमतिको सम्भावना अझै रहेको व्यवसायी बताउँछन्‌वाणिज्य सङ्घ ताप्लेजुङले पहिलो पटक निर्धारित समयमै अधिवेशन गर्न लागेको हो । यसअघि समय व्यतीत भएरपनि लामो समय लम्बिने गरेको थियो ।

निर्बाचनकालागि नेपाल बार इकाइका अध्यक्ष बलराम भट्टराई, कानुन व्यवसायिहरू धनबहादुर थापा र सन्तोष प्रसाईंलाई वाणिज्य सङ्घले जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066