०७ बैशाख २०८२, आइतबार

जिल्ला समन्वय समितिका पूर्व सदस्य एवं नाङखोल्याङ गाविसका पूर्व अध्यक्ष पुण्य खतिवडाको निधन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, चैत्र ०८, २०८१

ताप्लेजुङ – जिल्ला समन्वय समितिका पूर्व सदस्य एवं तत्कालीन नाङखोल्याङ गाविसका पूर्व अध्यक्ष पुण्य प्रसाद खतिवडाको निधन भएको छ । नाङखोल्याङ स्थित आफ्नै निवास छेउमा लडेर घाइते भएका र उपचारमा पुर्याउन नसकी मृत्यु भएको उनका भतिज विष्णु खतिवडाले जानकारी दिए ।

विष्णुका अनुसार प्रेसरले हानेर मृत्यु भएको आशङ्का गरिएको छ । पुण्य प्रेसरको औषधि सेवन गर्दै आएका थिए । ‘हामीले शनिवार बेलुका ७ बजेतिर खबर पायौ, यहा आइपुग्दा अस्पताल लानेगरीको वातावरण नै भएन’ विष्णुले भने । खतिवडा सदरमुकाम फुङलिङबाट नाङखोल्याङ फर्किएका थिए ।

बेलुका यस्तो घटना भएको पुण्यका भाइ सन्तोष खतिवडाले जनाएका छन् । २०७४ सालदेखि सङ्घीयता पछिको पहिलो समन्वय समिति सदस्य भएका खतिवडा यसअघि नाङखोल्याङ गाविसको अध्यक्ष भएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066