०७ बैशाख २०८२, आइतबार

नेपाली काँग्रेस ताप्लेजुङले पार्टीको बैठक पालिकाहरूमा गर्ने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, चैत्र ०९, २०८१

ताप्लेजुङ – नेपाली काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङले २०८२ सालदेखि जिल्ला कार्य समितिको बैठक गाउँपालिकामा गर्ने भएको छ । अहिलेसम्म सदरमुकाम फुङलिङमा मात्रै बैठक बस्तै आएको काङ्ग्रेसले अव पालिकामा गर्ने भएको हो ।

जिल्ला कार्य समिति सदस्य एवं शिक्षा विभाग प्रमुख शिला इजमका अनुसार हरेक महिनाको ७ गते पार्टीको नियमित बैठक हुँदै आएको छ । ‘पालिकासँग पनि समन्वय गर्नु पर्ने भएकाले ७ गतेनै हुन्छ भन्नेचाहिँ नहुन सक्छ तर ८२ सालको बैशाख देखिनै पालिकामा बैठक गर्ने निर्णय भइसकेको छ’ शिलाले भनिन् ।

पालिकाको समस्या बुझिने स्थानीय तहका जनप्रतिनिधिले गरेका कामको समिक्षा हुने र त्यहाँका जनताको आवाजपनि सुन्न पाइने भएकाले पार्टीले यस्तो निर्णय गरेको जिल्ला कार्य समितिका सचिव गणेशबाबु निरौलाले बताए

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउपालिका गरी नौवटा स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066