
ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको आगामी नेतृत्वका लागि हुने निर्वाचनमा काँग्रेस एमालेले घोषित रूपमै गठबन्धन गरेका छन्भनें माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले अघोषित गठबन्धन गरेका छन् । माओवादी र रास्वपा कार्यकर्ताले आफ्ना उम्मेद्वारलाई साझा उम्मेद्वारको संज्ञा दिएका छन् ।
एमाले कार्यवाहक अध्यक्ष दिपेन पोमु र काँग्रेस सभापति डिल्लीरमण बराल सहितको द्विदलीय समितिले गरेको सहमति सोमबार दिउसो मनोनयन हुनु अघिनै सार्वजनिक भएको थियो । सहमतिमा काङ्ग्रेसका सचिव गणेश बाबु निरौला सहसचिव जङ्ग मुखिया र कोषाध्यक्ष तारा बराल तथा एमालेका उपसचिव द्वय गोपाल न्यौपाने र भिमा ओझाले हस्ताक्षर गरेका छन् ।
एमाले र काङ्ग्रेसको तर्फबाट अध्यक्षमा विकास गौतम, प्रथम उपाध्यक्षमा शान्ति मादेन, द्वितीयमा रूपक घिमिरे, तृतीयमा तेजकुमार सुनुवार (जंग) महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी र कोषाध्यक्षमा युवराज महतारा छन् । यी मध्ये उपाध्यक्ष शान्ति, सचिव खेमराज र कोषाध्यक्ष युवराज निर्विरोध भइसकेका छन् । निर्विरोध तीनैजना काङ्ग्रेसको कोटाबाट आएका हुन् ।
रास्वपा र माओवादीको तर्फबाट अध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतीयमा तेजबहादुर भट्टराई र महासचिवमा लिलाप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष दावा र महासचिव पौडेल रास्वपा तथा उपाध्यक्ष सोजित र तेजबहादुर माओवादी हुन् ।
अध्यक्षका उम्मेद्वार दावा स्वयं र माओवादी जिल्ला संयोजक बिरु हाङवाङले सामाजिक सञ्जालमा पदाधिकारीमा अध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतीयमा तेजबहादुर भट्टराई र महासचिवमा लिलाप्रसाद पौडेल र सदस्यमा युवराज बराल, विकास हाङगाम, गणेश लोहार, हरिचन्द्र पौडेल, रेवत श्रेष्ठ र छत्र विकको नामसार्वजनीक गरेका छन् । यसले यी दुईदलको गठवन्धनपुष्टि गर्छ । जबकी सदस्यकालागि १४ जना आवश्यक पर्छ । उनिहरुले उनिहरुले छ जनाको नाम मात्रै सार्वजनीक गरेका छन् । निर्विरोध भएका पनि सुचीमा छैनन । यो नाम लिस्ट रास्वपा र माओवादीका जिल्ला स्तरका नेता कार्यकर्ताले सेयर गरेका छन् ।
यता काँग्रेस एमाले गठबन्धनबाट सदस्यमा सन्तोष भट्टराई, दिनेश भट्टराई, पुण्यप्रसाद आचार्य, गणेश कुमार श्रेष्ठ, गायत्री भण्डारी, नन्दकुमार बानियाँ, हरिप्रसाद ओझा, लोचन भण्डारीको उम्मेद्वारी परेको छ । यस्तै गीता भट्टराई, पिताम्बर बराल, हेमनाथ केसी, सुष्मा शाक्य, पङ्कजा निरौला, भोला बराल र ज्ञान प्रसाद भारतीको मनोनयन दर्ता भएको छ ।