०७ बैशाख २०८२, आइतबार

ताप्लेजुङको सुकेटार विमानस्थलमा शनिबारदेखि उडान हुने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, चैत्र ११, २०८१

ताप्लेजुङ – नेपाल वायु सेवा निगमका ट्विनअटर जहाज ग्राउण्डेड भएपछि बन्द सुकेटार विमानस्थलमा आगामी शनिबारदेखि उडान हुने भएको छ । निगमको ताप्लेजुङ टेशनले शनिबार बिहान ७ बजेका लागि उडान तालिका राखेको जनाएको छ ।

मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थलमा जहाज बसको छैन । पुष पहिलो साता काठमाण्डौबाट उडेपनि मौसमका कारण बिचबाटै फर्किएको थियो । निगमका दुईमध्ये एउटा जहाज बनेकाले तत्कालका लागि सातामा एक उडान राखेको कार्यालयका कुमार गुरुङले जानकारी दिए । दुईवटा जहाज हुँदा सातामा पाँच दिनसम्म पनि काठमाण्डौं–ताप्लेजुङ उडान तालिका रहेको थियो ।

‘तत्कालका लागि सातामा एक तालिका छ,’ कुमारले भने, ‘अर्कोपनि बनिदैछ भनिएको छ अरु उडान थप होला ।’ उडान नियमित हुँदा असत्त, बिरामी, जरुरी परेकालाई राहत हुने गरेको छ । सुकेटारबाट जहाज चढ्न ताप्लेजुङ बाहेक पाँचथरको याङवरक, हिलिहाङ र तेह्रथुमको आठराइ गाउँपालिकाका यात्रुपनि आउने गरेका छन् ।

अहिले ताप्लेजुङ सदरमुकामबाट जहाज चढ्न झापाको भद्रपुर कित मोरङको विराटनगर पुग्नु पर्छ । यहा पुग्न सदरमुकामबाट कम्तिमा आठ देखि नौ घण्टा लाग्छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066