०७ बैशाख २०८२, आइतबार

एकै सातामा ताप्लेजुङमा दुई वडा सदस्यको मृत्यु, फक्ताङलुङमा आइतबार सोक विदा

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, चैत्र १५, २०८१

ताप्लेजुङ — फक्ताङलुङ र पाथीभरा याङवरक गरी ताप्लेजुङमा एकै सातामा दुई वडा सदस्यको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखावुकी दलित महिला वडा सदस्य दिलमाया विश्वकर्माको शुक्रबार निधन भएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार ६० वर्षीय विक यस अघिदेखि नै बिरामी थिइन् र उपचार पनि गराउँदै आएकी थिइन् ।

गाउँपालिकाले चैत्र १७ गते आइतबार पालिका भित्रका विद्यालय, संघसंस्था, बैंक लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय बिदा गर्ने र शोक मनाउने निर्णय गरेको छ । अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिइएको उल्लेख छ । अध्यक्ष लिम्बूले शोक सन्देश दिँदै गाउँपालिकाले कुशल, शालिन जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन् ।

गत शनिबार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका वडासदस्य ६७ वर्षीय पुण्यप्रसाद खतिवडाको मृत्यु भएको थियो । उनको मृत्यु भएको साता दिन नबित्दै अर्का वडा सदस्यको मृत्यु भएको हो । वडा अध्यक्षको मृत्यू भए उप निर्वाचन गराउने प्रावधान भएपनि वडा सदस्यको हकमा भने यस्तो व्यवस्था छैन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066