०७ बैशाख २०८२, आइतबार

इलाममा भएको सडक दुर्घटनामा ताप्लेजुङका तीन सहित पाच घाइते

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, चैत्र १७, २०८१

ताप्लेजुङ – आइतबार ताप्लेजुङ बाट झापाको बिर्तामोड तर्फ जादै गरेको मे १ ज २६४५ नम्बरको बोलेरो जिप दुर्घटना हुदा ताप्लेजुङका तीन सहित पाचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार बेलुका ५ बजेको समयमा इलाम नगरपालिका १ नेपालटारको सिटिइभिटीको छेउमा सडकबाट १५/२० मिटर तल झरेर बोलेरो दुर्घटना भएको हो ।
घाइते हुनेमा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ६२ वर्षीय दुर्गा माया लिम्बू, यही वडाका ३९ वर्षीय मंगलबिर लिम्बू र मिक्वाखोला गाउपालिका १ का ४१ वर्षीय कमला लिम्बू रहेको प्रहरीले जनाएको छ । दुर्गाको टाउको, मंगलबिरको कम्मर र कमलाको दाइने हातमा चोट रहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका ७ का १७ बर्षिया समीक्षा खड्का र पाचथरको कुम्मायाक गाउपालिका ५ का ३० वर्षीय इन्दिरा लिङ्दम लिम्बू घाइते छन् । समिक्षाको टाउको र इन्दिराको वाया आखा माथि चोट रहेको छ । सबै घाइते बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ ।
बलेरो चालक पाचथर फिदिम नगरपालिका ५ का ३८ वर्षीय बिक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक बुद्ध बहादुर बोहोराले बताएका छन् । ब्रेक फेल भएर बलेरो दुर्घटना भएको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066