०७ बैशाख २०८२, आइतबार

कार्कीले गरे साँवा मावि भवन निर्माणका लागि साढे चार करोडको सम्झौता

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, चैत्र १९, २०८१

ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले गाउँपालिकाको केन्द्रमा रहेको साँवा माविको भवन निर्माणका लागि ४ करोड २९ लाख ११ हजार रुपैयाँको सम्झौता गरेका छन् । चैत्र १९ गते भारतीय राजदूतावास सँग सम्झौता गरेका हुन् ।

कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार यो मध्येको पाँच प्रतिशत अर्थात २१ लाख ४५ हजार रुपैयाँ गाउँपालिकाले ब्यहोर्नु पर्नेछ । भारत सरकारको उच्च प्रभाव युक्त सामुदायिक परियोजना अन्तर्गत सङ्घीय मामिला मन्त्रालय भारतीय दुतावास र गाउँपालिकाले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रकमले ३ तलाको १२ कोठा बन्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताका लागि गाउँपालिका अध्यक्ष कार्की, प्रमुख प्रशासकीय अधिकृत विमल गौतम र स्वकीय सचिव थापा काठमाण्डु गएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066