०६ बैशाख २०८२, शनिबार

चैते दसैँको नौरथमा पाथीभरामा १६ हजार ५ सय तीर्थयात्री

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, चैत्र २५, २०८१

ताप्लेजुङ – चैते दशैंको नौरथामा पाथीभरामा १६ हजार ४ सय ७९ जना तीर्थयात्रीले भ्रमण गरेका छन् । पर्यटन प्रहरी कार्यालय काफ्‌लेपाटी अनुसार यो अवधिमा पाथीभरा आउने तीर्थयात्री पुरुषको तुलनामा महिला वढी रहेका छन् । छिमेकी देश भारतबाट ४ सय ५५ जना आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिए । 

चैत्र १८ देखि २५ गतेसम्म महिला ८ हजार २ सय ९२ र पुरुष ८ हजार १ सय ८७ जना आएको तथ्याङ्कमा उल्लेख छ । पर्यटन प्रहरी सहायता कक्ष पाथीभरा क्षेत्रको काफ्लेपार्टीमा रहेको छ । पाथीभरा पुगेका तिर्थयात्रीमा सबैभन्दा धेरै झापा, मोरङ, सुनसरी र काठमाण्डौंका छन् । धेरै तीर्थयात्री आउने यो समयमा सदरमुकाम फुङलिङ देखि पाथीभरा मन्दिरसम्म हेल्प डेस्क राखिएको थियो ।

हेल्प डेस्क मार्फत पाथीभरा क्षेत्रमा लेक लाग्न नदिने औषधि उपलब्ध गराउने, हिड्‌न नसक्नेका लागि भरिया व्यवस्थापन गर्ने लगायतका सहजीकरण गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066