

ताप्लेजुङ – सर्वोच्च अदालत पुगेको केबलकारको मुद्दाको सुनवाई बुधवार हुदैछ । केबलकारको विषय मङ्गलबारलाई तोकिएको थियो । तर १७ नम्बरमा परेको मुद्दा हेर्न नभ्याउनेमा परेपछि बुधबारलाई सारिएको छ ।
बनाउने र बनाउन नहुने दुवै पक्षका कानुन व्यवसायीले बुधवार बहसको तयारी गरेका छन् । बनाउन नहुने पक्षबाट ११ जनाले बहस गर्ने राम मादेनले जानकारी दिए । बनाउनु पर्ने पक्षबाट पनि त्यत्तिकै सङ्ख्यामा कानुन व्यवसायीले बहसको तयारी गरेका छन् ।
सर्वोच्चले केबलकार बनाउने र नबनाउने पक्षमा अन्तरिम आदेश दिनु पर्ने नपर्ने विषयमा दुवै पक्षलाई बोलाएको हो ।