१९ पुष २०८१, शनिबार

ठुलो फेदीमा प्राथमिक उपचार केन्द्र भवन

पाथीभरा जाने तिर्थयात्रीले चौविसै घण्टा स्वास्थ्य सेवा पाउने

Logo
ताप्लेजुङ प्रेस शुक्रबार, आषाढ २८, २०८१
तस्विर सौजन्य ः हेमराज निरौला

ताप्लेजुङ । कोशी प्रदेस सरकारको ५० लाख रुपैंयाको लागतमा पाथीभरा क्षेत्रको माथील्लो फेदीमा प्राथमिक उपचार केन्द्र भवन निर्माण गरिएको छ । एक तले भवनमा एउटा हल सहित चारवटा कोठा रहेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले २०६९सालमा पहिलो पटक एकजना स्वास्थ्यकर्मी नियुक्त गरेर प्राथमिक सेवा प्रवाह प्रारंभ गरेको थियो । माथील्लो फेदी होटल ब्यवसायि संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले एक कोठे अस्थायी भवन वनाइदिएका थिए । पाँच वर्ष स्वासथ्यकर्मीलाई खानापनि निशुल्क खुवाएका थिए । स्वास्थ्यकर्मी नियुत्ती गरेको तीन महिनापछि क्षेत्र विकास समितिले तलव खुवाउन नसक्ने जनाएपछि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले स्वास्थ्यकर्मीलाई निरन्तरता दिएको थियो ।

पाथीभरामा संकलित भेटीवाट ब्यवस्थापन हुनेगरी अहिले पुन क्षेत्र विकास समितिले स्वास्थ्यकर्मी सहितको सेवा प्रवाह गरिरहेको छ । क्षेत्र विकास समितिद्वारा मौखिक परिक्षा गराएर नियुत्त गरिएका अहेव उमनाथ पौडेल १२ वर्षदेखि कार्यरत रहेका छन । भवन निर्माण सम्पन्न भएकाले आवष्यक फर्निचर लगायतका सामग्री ब्यवस्थापनकालागि यो वर्ष २० लाख वजेट बिनियोजन भएको कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङवोले जानकारी दिए ।

पाथीभरा दर्शनकालागि जाने तिर्थयात्रीलाई लेक लागे, घाउ चोटपटक लागे, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या भए यहा प्राथमिक सेवा दिने गरिएको स्वास्थ्यकर्मी पौडेल वताउछन । ३१ सय मिटर उचाईमा फेदी र ३ हजार ७ सय ९४ मिटर उचाईमा पाथीभरा मन्दीर भएकाले सवैभन्दा वढी लेक लाग्ने औषधि चल्ने गरेको पौडेलले जानकारी दिए । चीसो मौषममा हट ब्याग लगायतका सामग्रीपनि उपचार केन्द्रवाट प्रवाह हुने गरेको छ ।

स्वास्थ्यकर्मीको आवास सहितको भवन निर्माण भएकाले यहावाट अव चौविसै घण्टा स्वास्थ्य सेवा प्रवाह हुने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे वताउछन । स्वास्थ्य सेवालाई नियमित र भरपर्दो वनाउन समितिले थप योजना ल्याउने कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए । पाथीभरा दर्शनकालागि यो मार्ग भएर बार्षिक तीन लाखको हाराहारिमा तिर्थयात्री ओहोर दोहोर गर्ने गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066