१९ पुष २०८१, शनिबार

काँग्रेस एमाले सरकार गठन प्रकृया

योगेश भट्टराई : सरकारको प्रवक्ता की संसद्को वक्ता ?

Logo
ताप्लेजुङ प्रेस आइतबार, आषाढ ३०, २०८१

ताप्लेजुङ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई सरकारको प्रवक्ता की संसद्को वक्ता हुन्छन् चासोको विषय बनेको छ । देशका दुई ठूला दल काँग्रेस र एमालेले गठन गर्ने सरकारमा दुवै दलले प्रभावकारी काम देखाउने सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन । भट्टराईको चर्चा सूचना तथा सञ्चार र शिक्षा मन्त्रालयमा छ ।

मन्त्री भए सञ्चार मन्त्रीको सम्भावना अधिक छ । सञ्चार मन्त्री सरकारको प्रवक्ता हुने प्रावधान छ । त्यसैले सञ्चार मन्त्रालय प्रधानमन्त्री हुने दलले नै राख्दै आएका छन् । पछिल्लो समय एमाले पार्टीको तर्फबाट संसद्‌मा भट्टराईले बोल्दै आएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदा पनि एमालेको तर्फबाट भट्टराईले पार्टीको धारणा राखेका थिए । सरकारले गरेका कामको सार्वजनीकि करणमा सरकारका प्रवक्ताको प्रयोग हुन्छ । त्यस्तो व्यक्तिमा भट्टराई पर्नसक्ने एमाले नेताहरू बताउँछन ।

प्रतिपक्षमा पुगेका माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले अव संसद्‌मा आफ्नो प्रभुत्व जमाउने र सरकारका कामको आलोचना संसदबाट गर्ने निश्चित जस्तै छ । यतिबेला प्रधानमन्त्री रहेको सत्तासीन दलको तर्फबाट गर्ने बचाउमा पनि उनको आवश्यकता हुनसक्छ । संसद्‌मा प्रतिपक्षले आलोचना र सत्तापक्षले बचाउ गर्ने प्रचलन जस्तै छ । प्रचण्डले विश्वासको मत लिइरहँदा भट्टराईले फुर्सद लिएर आत्म समीक्षा गर्न, जातजातिका नाममा आगो बाल्ने दुष्प्रयास नगर्न सुझाव दिएका थिए ।

एमाले मन्त्रीले राजीनामा बुझाउँदा कसैलाई माया गर्नु एउटा भुल गरें मैलें … भन्दै प्रधानमन्त्री दाहालले गीत सुनाएर गरेको बिदाइलाई भट्टराईले कसले देला तिमीलाई माया मैले दिए जति, झिक तुलो जोखौँ आज कसको माया कति …भनेर गीतबाटै दिएको जवाफ चर्चाको विषय बनेको थियो । सरकारमा गए प्रबत्ता, संसदमा रहे बत्ता हुने भट्टराईले कुन भूमिका पाउछन् प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066