०७ बैशाख २०८२, आइतबार

सानिमा मिडिल तमोर हाइड्रो पावरको निमित्त सीईओमा डा.पोखरेल

Logo
Taplejung Press आइतबार, आषाढ ३०, २०८१

काठमाडौ – सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. मणिराज पोखरेलले पाएका छन् । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त जिम्वेवारी दिने निर्णय गरेको हो ।

यसअघिका सिइओ डा. जुगल भूर्तेलको कार्यकाल २०८१ साउन २ गतेसम्म रहेकोमा निजले व्यक्तिगत कार्य व्यस्तताको कारण सेवामा निरन्तरता दिन असमर्थ रहेको उल्लेख गरेपछि नयाँ सीईओ नियुक्त नभएसम्मका लागि पोखरेललाई उक्त जिम्वेवारी दिने निर्णय भएकाे छ ।

डा.पाेखरेल सन् २०१८ देखि कम्पनीमा कार्यरत छन् । उनी यस अघि कम्पनीकाे आयाेजना संयाेजक रूपमा कार्यरत थिए ।

कम्पनीले निर्माण गरेकाे ७३ मेगावाटकाे मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेकाे छ ।

उर्जा सञ्चार अनलाईन बाट साभार गरिएको

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066