१९ पुष २०८१, शनिबार

सरकारको प्रवक्तामा नअटाएका भट्टराई संसद्को वक्ता

Logo
ताप्लेजुङ प्रेस  सोमबार, आषाढ ३१, २०८१

ताप्लेजुङ – ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई संसद्को वक्ता हुने भएका छन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको सूचीबाट अन्तिम समयमा उनको नाम हटाएपछि संसदै वक्ताको रुपमा रहने भएका हुन । भट्टराई संसद्को वक्ता कि सरकारको प्रवक्ता भन्ने चर्चा थियो । 

सरकारको प्रवक्तामा पृथ्वी सुब्बा गुरुङ पुगेका छन । देशका दुई ठूला दल काँग्रेस र एमालेले गठन गर्ने सरकारमा दुवै दलले प्रभावकारी काम देखाउने सांसदलाई मन्त्री बनाउने तयारी गरेका थिए । भट्टराईको चर्चा सूचना तथा सञ्चार र भौतिक मन्त्रालयमा थियो । पछिल्लो समय एमाले पार्टीको तर्फबाट संसद्‌मा भट्टराईले बोल्दै आएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा पनि एमालेको तर्फबाट भट्टराईले पार्टीको धारणा राखेका थिए ।

 सरकारले गरेका कामको सार्वजनिक करणमा सरकारका प्रवक्ताको प्रयोग हुन्छ । संसदमा पनि सरकारको बचाउ गर्ने र सरकारका कामको प्रशंसा गर्ने पार्टीका वक्ताको आवश्यकता हुन्छ । अझ अव प्रतिपक्षमा पुगेका माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्‌मा आफ्नो प्रभुत्व जमाउने र सरकारका कामको आलोचना संसदबाट गर्ने निश्चित जस्तै छ । यतिबेला प्रधानमन्त्री रहेको सत्तासीन दलको तर्फबाट गर्ने बचाउमा भट्टराईलाई पार्टीले प्रयोग गर्ने एमाले नेताहरू बताउँछन । संसद्‌मा प्रतिपक्षले आलोचना र सत्तापक्षले बचाउ गर्ने प्रचलन छ । प्रचण्डले विश्वासको मत लिइरहँदा भट्टराईले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066