

ताप्लेजुङ — ताप्लेजुङका आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ७२ लाख १६ हजार ७ सय ९३ रुपैंया राजश्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षा अनुसार संघतर्फ ९२.०२ र प्रदेशतर्फ ८५.६४ प्रतिशत प्रगति भएको हो ।
प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार प्रदेश तर्फको कुल बजेट ६२ करोड ८७ लाख ५३ हजार १ सय ८ रुपैयाँ रहेको थियो । जसमा पूँजीगततर्फ २० करोड ९० लाख २ हजार र चालु तर्फ ४२ करोड ९७ लाख ५१ हजार रहेको थियो । पूँजीगत तर्फ ९४.२५ र चालुतर्फ ८१.२५ प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए ।
प्रदेश अन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाई डिभिजन, जिल्ला आयुर्बेद लगायतका कार्यलय रहेका छन् । संघ तर्फको बजेट ४ अर्व ९९ करोड, ६३ लाख २३ हजार रहेको थियो । जसमा पूँजीगत तर्फ ६० करोड ११ लाख ३० हजार र चालु तर्फ ४ अर्ब ३९ करोड ५१ लाख ९ हजार रहेको थियो ।
पूँजीगततर्फ ७३.२० र चालुतर्फ ९४.६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए । संघतर्फका कार्यालय अन्तर्गत, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकाय लगायतका कार्यालय रहेका छन् । जिल्लामा संघ र प्रदेश अन्तर्गतका ३७ वटा कार्यालय रहेका छन् ।
इकान्तिपुर अनलाइन वाट साभार गरिएको