०७ बैशाख २०८२, आइतबार

दशौं राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङले रोज्यो २१ विधा

Logo
Taplejung Press मंगलबार, साउन २९, २०८१

ताप्लेजुङ – आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा प्रस्ताव गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले २१ वटा विधा रोजेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका १४ वटै जिल्लालाई श्रावण ३० गतेसम्म विवरण उपलब्ध गराउन पत्राचार गरेपछि खेलकुद विकास समितिले बिधा रोजेको हो ।

अध्यक्ष गणेश मावोका अनुसार एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, उसु, आर्चरी, बुद्धिचाल, टेबल टेनिस, सुटिङ, साइक्लिङ, प्याराग्लाइडिङ, तेक्वान्दो, कराते र आईटीएफ तेक्वान्दो रोजिएको छ । पुरुष महिला दुवै विधा तर्फका क्रिकेट पुरुष, फूटबल, भलिबल र कबड्डी रोजेको हो ।

प्रतियोगिताका सूचीमा भने एथलेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिङ, जिम्नास्टिक्स, सफ्ट टेनिस, स्वास रहेका छन । यस्तै उसु, आर्चरी, फेन्सिङ, फुल इन्ट्याक्ट कराते, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, टेबल टेनिस, भारोत्तोलन, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, कुस्ती, तेक्वान्दो, कराते र आईटीएफ तेक्वान्दो रहेका छन् । महिला पुरुष दुवै विधाकालागि क्रिकेट, फूटबल, भलिबल, ह्याण्डवल, बास्केटबल, सेपाकताक्रो, हक्की, रग्बी, कबड्डी र खो खो रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066