१६ पुष २०८१, बुधबार

पाथीभराको अध्यक्षका लागि को को छन् एमालेमा दाबेदार ?

Logo
ताप्लेजुङ प्रेस Taplejung Press बिहिबार, साउन ३०, २०८१

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षका लागि नेकपा एमालेमा दौडधुप सुरु भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेका अनुसार अहिलेससम्म पाँचजना अध्यक्षको आकाङ्क्षी देखिएका छन् । तर पार्टीले सिफारिस भने कसैको नाम गरेको छैन । प्रदेश सरकारले पार्टीको सिफारिस माग्छ या नेताका खल्तिका मान्छे नियुक्त गर्छ प्रतीक्षाको विषय बनेको छ ।

सङ्घीय सरकारले पाथीभरा क्षेत्र विकास समिति कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि नियुक्ति प्रकृयाका लागि पार्टीमा दौडधुप सुरु भएको हो । तुम्बाहाम्फेका अनुसार धनेन्द्र मादेन, सन्तोष खतिवडा, कुमार मादेन, राजा मादेन र अम्बिका नुगोको दावी रहेको छ । धनेन्द्र यसअघि जिल्ला समन्वय समितिको प्रमुख भएका हुनभने सन्तोष नेकपा एमाले जिल्ला कमिटीको पूर्व उपाध्यक्ष हुन । कुमार कोशी प्रदेशका पूर्व मन्त्री तिलकुमार मेन्याङबो तथा फुङलिङ नगरपालिकाका पूर्व मेयर छत्रपति प्याकुरेलका स्वकीय सचिव भएका व्यक्ति हुन । राजा क्षेत्र विकास समितिका पूर्व सदस्य र एमाले कार्यकर्ता हुनभनेअम्बिका एमाले जिल्ला कमिटी सदस्य हुन् ।

कोशी प्रदेश एमालेको नेतृत्वमा रहेको र मुख्य मन्त्रीले नियुक्त गर्ने भएकाले एमाले कार्यकर्ताको दौडधुप सुरु भएको हो । पाथीभरा क्षेत्र भने प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने भएको छ । काँग्रेस सरकारमा सहभागी भइ नसकेको र माओवादी सरकारबाट बाहिरिइसकेको अवस्थामा प्रदेशले एमालेकै सिफारिसमा नियुक्त गर्ने दावी एमाले वृत्तमा छ । दाबेदारहरू धेरै भएपनि पार्टीले कसैको नामपनि सिफारिस नगरेको र गर्नुपर्ने भए कोशी प्रदेशको बैठकपछि गर्ने अध्यक्ष तुम्बाहाम्फे बताउँछन । एमाले कोशी प्रदेशको बैठक भाद्र १ गते बस्तै छ । ‘प्रदेश बैठकमा गएपछि म मुख्यमन्त्रीको चाहना के रहेछ पनि बुझ्छु,’ अध्यक्ष तुम्बाहाम्फेले भने, ‘त्यसपछि प्रकृया अगाडि बढ्ला ।’

प्रदेश सरकारले अध्यक्ष र एक महिला सहित अन्य तीनजना सदस्य चयन गर्ने छ । उनीहरूको योग्यता भने ३५ बर्स उमेर पुरा भएको हुनुपर्ने उल्लेख छ । कार्यकारी निर्देशक भने १५ दिनको सूचना खुलाएर नियुक्त गरिने गठन आदेशमा उल्लेख छ । आर्थिक वर्ष सुरु भएसँगै यस अघिको समितिलाई काम नगर्न नगराउन प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेका छन् । पाथीभरा क्षेत्र अहिले पदाधिकारी तथा कर्मचारी विहीन रहेको छ । गठन आदेशले अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकका लागि जिल्ला र क्षेत्र नतोकेकाले प्रदेश सरकारले अन्य जिल्लाकालाई पनि नियुक्त गर्ने सम्भावना त्यत्तिकै रहेको छ । तर पहिलो पटकको नियुक्ति हुने र अन्य जिल्लाको भए आलोचना हुनसक्ने भएकाले प्रदेशले जिल्लाकैलाई नियुत्ती दिने एमालेकै कतिपय नेताहरु वताउछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066