०७ बैशाख २०८२, आइतबार

ताप्लेजुङमा पेट्रोल १७३ डिजेल १६३ 

Logo
Taplejung Press शुक्रबार, साउन ३२, २०८१

ताप्लेजुङ – सदरमुकाम फुङलिङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७३ र डिजेल १ सय ६३ रुपैंया भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएपछि ताप्लेजुङमा पनि समायोजन भएको हो । आशिका आयल सप्लायर्सका प्रमुख तारा बरालका अनुसार घटेको मूल्य शुक्रवार बिहानदेखिनै लागु भएको छ । शुक्रवार बिहानदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रुपैयाँ घटेको हो । ताप्लेजुङमा मट्टीतेलको भने आधिकारिक बिक्री केन्द्र छैन ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६२ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५२ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५४ रुपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रुपैयाँ पर्नेछ । ताप्लेजुङमा चारआली देखिको ढुवानी खर्च जोडेर बिक्री हुने गरेको व्यवसायिहरूले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066