०७ बैशाख २०८२, आइतबार

बिरेन्द्र चोकमा ‘फुड स्टल’  आइतबार देखि 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, भाद्र ०१, २०८१

ताप्लेजुङ – लाखेजात्राको अवसरमा यो वर्षपनि बिरेन्द्र चोक क्षेत्रमा खाद्य परिकार राखिने भएको छ । आइतबार बेलुका देखि खाद्य परिकार राख्ने तयारी भएको बिरेन्द्र युवा क्लबले जनाएको छ ।

आफ्नो घर वा पसलको अगाडि छाता राखेर खाद्य परिवार राख्ने क्लबले जनाएको छ । गतवर्षको अभ्यास सफल भएपछि यसवर्ष पनि खाद्य परिकार राख्ने तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मी काफ्लेले जानकारी दिए । भानुजन माध्यमिक विद्यालयमा हुने फुटबलका दर्शक बिरेन्द्र चोकको खाद्य परिकारमा सहभागी हुने गरेका छन् । हरेक दिन बेलुका लाखे नाच पनि हुने भएकाले खाद्य परिकार मानिसहरूको आकर्षण बन्ने गरेको छ । खाद्य परिकारमा सबैखाले खाद्य सामग्री पाइन्छ ।

आयोजकका अनुसार हरेक साँझ साँगीतिक तथा सांस्कृतिक कार्यक्रमको तयारी पनि गरिएको छ । बिरेन्द्र युवा क्लबले यो क्षेत्रको सरसफाइ गरेको छ । काफ्लेका अनुसार बिरेन्द्र चोकको पोखरीको सौन्दर्यता झल्काइने छ । पानीको फोहरा सहितको इन्द्रेणी हेर्न पाउने उनले बताए । आसपासका रूखहरूमा बिजुली राखेर बेलुका झिलिमिली बनाउने उनले जानकारी दिए । फोटो खिच्नका लागि यो वर्ष मस्कट पनि राखिने भएको छ । पाहुनालाई स्वागत गर्ने लगायतको काम त्यसबाट हुनेछ ।

हाउजी ‘विङगो’ भने शनिवार बेलुकाबाट खेलाइने छ । लाखे जात्राको अवधिभर प्रत्येक दिन बेलुका हाउजी खेलाउने क्लबका सचिव हरि पौडेलले जानकारी दिए । शनिवार बेलुका ५ बजेदेखि हाउजी सुरु हुनेछ । यसवर्ष देखि क्लबले फुङलिङ नगरपालिकासँग खेल सञ्चालनको अनुमति पनि लिएको छ । लाखे जात्राको अवसर पारेर सुरु गर्ने हाउजीका लागि क्लबले छठ सम्मको अनुमति लिएको छ । ‘बिच बिचमा ग्याभ पनि हुन्छ,’ पौडेलले भने, ‘विशेष चाडपर्व लाई फोकस गरेर खेलाउँछौ ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066