०७ बैशाख २०८२, आइतबार

५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, आश्विन ०२, २०८१

ताप्लेजुङ – मेरिङदेन र मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएको छ । ४ हजार ८ सय मिटर लामो सुरुङ मार्गको काम पूरा भएको हो । 

काम सुरु भएको २५ महिनामा सुरुङ मार्ग सहितका आयोजनाका पूर्वाधार तर्फका अधिकांश काम पूरा भएका छन् । योसँगै ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रोजेक्ट इन्चार्ज आशिष केदेमले जानकारी दिए । यो सुरुङमा पानी कुद्ने छ । यसअघि पानी थिग्य्राउने सुरुङ मार्ग निर्माण भइसकेकाले आयोजनामा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने काम सकिएको केदेमले बताएका छन् । अब सर्किट सहितका काम बढाउने केदेमले बताए ।

यसै वर्षमा उत्पादन सुरु गर्ने लक्ष लिएको आयोजनाले २०७४ साउन १५ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएको थियो । विद्युतको लगानीका लागि आइपिओ जारी गर्ने तयारीमा रहेकोपनि आयोजनाले बताएको छ । उत्पादित विद्युत मैवाखोला गाउँपालिकाढुङ्गेसाँघुमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेशन जोडिने आयोजना प्रमुख ओम प्रकाश चौधरीले जानकारी दिए । ढुङ्गेसाँघुलाई बसन्तपुरमा लगेर राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान गरिने छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066