१९ पुष २०८१, शनिबार

एमाले ताप्लेजुङको अधिबेशन

एमालेमा बन्ला तेश्रो समुह ?

Logo
ताप्लेजुङ प्रेस शनिबार, बैशाख २२, २०८१

ताप्लेजुङ – २०७८ पुस २७ गते सम्पन्न ११ औं अधिबेशनमा एमालेको जिल्ला नेतृत्वकालागि भुपेन्द्र थेवे र वलवहादुर साम्सोहाङले प्रतिष्पर्धा गरे । थेवेले साम्सोहाङलाई ५८ मतले पराजित गरे । साम्सोहाङको समुहमा रहने चर्चा गरिएका सन्तोष खतिवडा थेवेको समुहमा गएर उपाध्यक्षको उम्मेद्धार वनेर निर्बाचित भए । अहिले उनले अध्यक्षको दावी गरिरहेका छन । तर, भुपेन्द्रको समुहवाट उपाध्यक्ष वनेका उनले अध्यक्षकालागि भनें ठाउ‘ पाउने सम्भावना छैन । डम्वरध्वजलाई उम्मेद्धार वनाउने तयारीमा थेवे समुह लागेको छ । यो समुहले उपाध्यक्षमा दिपेन पोमुलाई उठाउने निश्चित गरेपनि सचीवको उम्मेद्धार निक्र्योल भएको छैन । घनेन्द्र मादेन र सन्तोष चाम्लिङले दावी गरिरहेका छन । उपसचिवमा गोपाल न्यौपाने र भीमा ओझा वा मिना केदेममध्ये एक उठाउने तय भएकाले सचीवका आकांक्षी दुईमध्ये एकले वाहिरिनु पर्ने निश्चित छ । यस्तो अवस्थामा खतिवडाले आफ्नो समुह वनाउछन की भन्ने चासो कार्यकर्तामा छ । उपाध्यक्षका आकांक्षी राधा पौडेल, तुम्वाहाम्फेको समुहवाट वाहिरिने मादेन र चाम्लिङ मध्ये एकलाई सचीव वनाएर उनले तेश्रो समुह वनाउलान भन्ने चासो छ । यो चासो सवैभन्दा वढी साम्सोहाङ समुहमा देखिन्छ । खतिवडाले तेश्रो समुह वनाए तुम्वाहाम्फेको भोट काटिने र आफ्नो समुहलाई फाइदा हुने भएकाले उनीहरुको चासो स्वभाविक रहेको एमाले नेताहरु वताउ‘छन । तुम्वाहाम्फे समुहवाट भीमाओझा र मिना केदेम मध्ये एक बाहिरिने निश्चित भएको र टिका दाहालले समेत उपसचिवको दावी गरिरहेकाले पदाधिकारीकालागि उम्मेद्धारको टिमपनि पुग्छ । खतिवडा स्वयंभने समुह वनाएर उम्मेद्धार वन्न नपाइने भएकाले आफुले कुनै समुह नवनाउने दावी गछर्न । ‘कसैले समुह वनाएको छभने त्यो अवैध हो,’ उनले भने, ‘हाम्रो पार्टीमा समुह वनाएर उम्मेद्धार वन्न पाइदैन त्यसैले म त्यो खेलोमा छैन ।’ गतवर्षपनि आफुलाई सुरक्षित वनाउन साम्सोहाङवाट थेवे समुहमा गएका खतिवडा चतुर खेलाडी भएकाले यसै भन्न सक्ने अवस्था नरहने एक नेताले वताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066