१६ पुष २०८१, बुधबार

मिक्वाखोलाका बासिन्दा विद्युतिय पहुचमा

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, आश्विन ०२, २०८१
कुमार प्र. अर्याल

ताप्लेजुङ – जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं ४ स्थित दुर्गम गाउँ दलैचामा कुल ६४,५०,००० लागतमा वहेखोला लघु जलविद्युत आयोजना संचालनमा आएसंगै पालिकाकाका सवै बास्तिहरु विद्युतिय पहुँचबाट लाभान्वित भएका छन् ।  उक्त आयोजनाको लागि ऊर्जा डेभलपर्स अन्तर्गतको मेवा डेभलपर्स लिमिटेड प्रवर्द्धक रहेको निर्माणाधीन मध्यमेवा जलविद्युत आयोजनाको तर्फबाट करिव पचास प्रतिशत र बाँकि रकम संघिय, प्रादेशिक तथा स्थानीय सरकार र केही श्रमदानबाट सम्पन्न भएको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार पालिकाको वडा नं. १ र २ मा विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन मार्फत  र राष्ट्रिय प्रसारण लाईनको पहुँच नपुगेका वडा नं. ३, ४ र ५ मा लघु जलविद्युत मार्फत विद्युत वितरण गरिदै आईएकोमा दलैचामा विद्युतको पहुँचसंगै पालिकाका ९९% जनसंख्या विद्युतिय सुविधाबाट लाभान्वित भएको र विद्युतिय उर्जा मार्फत बिजुली वितरण अभियान साकार पार्न मेवा डेभलपर्स लिमिटेडले सो आयोजनासंगै अरु २ वटा लघु जलविद्युत आयोजना संचालनको लागि सहयोग गरेकोमा आभार प्रकट गर्नु भयो ।

दलैचा गाउँ सडक संजालबाट समेत वन्चित रहेको छ ।  सोहि प्रसङ्गमा तत्कालिन वडा सदस्य ७५ बर्षिय भुपूसेन शेर्पा सरकारी सुविधाहरुबाट बन्चित हुनुको पछाडी भौगोलिक बिकटता प्रमुख कारण रहेको र यस ठाउँमा बत्ती वाल्ने आफ्नोपनि सपना रहेकोले त्यसको लागि बिभिन्न निकायमा गई पहल कदमी गर्दापनि पर्याप्त वजेटको अभावमा कार्य सम्पन्न गर्न नसकेको अवस्थामा आयोजना निर्माणको योजना बनेको ११ वर्ष पछि मेवा डेभलपर्स लिमिटेडको सहयोगले आफ्नो सपना साकार हुनुको साथै विजुली बत्तीसंगै विद्युतिय उपकरणको प्रयोगमा सहजता आउन गई आधुनिक प्रविधीको उपयोगमा यहाँका बासिन्दाहरुको पहुच बढ्नुको साथै अध्यारो युगबाट उज्यालो युगतर्फ प्रवेस गरेको अनुभुती भएको बताउनु भयो ।

मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाका अनुसार वडा नं ५, पापुङमा बि.स. २०७१ सालमै नेपाल सरकारको ९० % अनुदान र १०% स्थानीय सहभागितामा लद्यु जलविद्युत मार्फत विजुली वत्ती बाल्ने कामको सुरुवात भएको थियो । सो समयमा त्यस ठाउँका बासिन्दाले प्रति धरघुरी रु ६०,०००।०० उठाई आयोजना संचालनमा ल्याएको र हाल मध्यमेवा जलविद्युत आयोजनाका कारण यस ठाउँका बासिन्दाले निःशुल्क विजुली बाल्ने अवसर पाएकोले सोको लागि यहाँका बासिन्दा सदैव उक्त आयोजना प्रति कृतज्ञ रहने बताउदै आयोजना चाडो सम्पन्न भएपछि विद्युत विक्रीपछि सोबाट प्राप्त हुने विद्युत रोयल्टीबाट पालिकाको आन्तरिक आम्दामीमा वृद्धि हुनगई आफु अनुकुलको विकासका काममा गति दिन सकिने हुदाँ आयोजना चाडो सम्पन्न गराउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने घारणा राख्नु भयो ।

मिक्वाखोला गाउँपालिकाको ३, ४  र  ५ तथा मेरिङ्देन गाउँपालिकाको ५ र ६ मा निर्माण भई रहेको यस मध्यमेवा जलविद्युत आयोजनाले आफ्नो दायित्व अन्तर्गत उपलब्ध हुने सामाजिक विकासका कार्यक्रमको लागि प्रभावित गाउँपालिकाका तत्कालिन अध्यक्ष, पूर्व सांसद, वडाका प्रतिनिधि, स्थानीय समाजसेविहरु लगाएतका सरोकारवाला निकायहरुको उपस्थितिमा प्रभावित वडाहरुमा स्थानिय समुदायबाटै कार्यक्रम छनौट गराई सोको कार्यन्वयनको लागि रकम विनियोजन गरिएको थियो । सोहि बमोजिम सम्बन्धित वडाहरुले सरोकारवालाहरुसंग छलफल गरि सो रकमलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण, लद्यु जलविद्युत, सिंचाई, पर्या-पर्यटन, मठ मन्दिर निर्माण आदि जस्ता कार्यक्रममा लगानी गरि रहेको पाईएको छ । सो रकम मध्ये प्रभावित क्षेत्रमा लघु जलविद्युत आयोजनाहरु संचालनको लागि मात्र करिव १२% सहयोग गरि पालिकाको सवै बासिन्दालाई विद्युतिय पहुच अभियानमा साझेदार बनाएको छ ।

करिब ७०% कार्य सम्पन्न भई सकेको यस आयोजनाले नेपाल सरकारको प्रावधान बमोजिम प्रभावित क्षेत्रको विकासका साथै त्यहाँका बासिन्दाको जीविकोपार्जन सुधारका लागि निर्माण चरणमा सामुदायिक विकास कार्यक्रम, प्रभाव न्यूनीकरण तथा अभिवृद्धि कार्यक्रमका योजना मार्फत कार्य गर्दै आएको छ भने आयोजना  संचालन चरणमा आए पश्चात विद्युत उत्पादन मार्फत विद्युत प्राधिकरको विद्युतिय वितरण प्रणाली सुदृरिकरणमा सहयोग गर्नुको साथै विद्युत विक्रीबाट  उपलब्ध हुने रोयल्टि मार्फत प्रभावित क्षेत्रको विकासमा थप टेवा पुर्याउदै  जानेछ  ।

लेखकः कुमार प्र. अर्याल (email: [email protected])

(लेखकः आयोजनामा वातावरण तथा सामाजिक सुरक्षण ब्यवस्थापको रुपमा कार्यरत हुनु हुन्छ)

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066