
ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला को ट्रेजुङ खोलामा आएको बाढीले पुल बगाएको छ । वडासदस्य टासी शेर्पाका अनुसार बाढी तमोर नदीसम्म झरेको छ ।
बाढीले रूखहरू नबगाएकाले तमोर नदी भने थुनिएको छैन । शनिवार बिहान ठुलो आवाज गर्दै बाढी झरेपछि स्थानीय त्यहाँ पुगेका थिए । पुल बगाएपछि बस्तीबाट खर्कजान समस्या हुने भएको वडाका कर्मचारी तेञ्जीङ शेर्पाले बताएका छन् । ताप्लेजुङमा शुक्रवार देखिनै वर्षा भइरहेको छ ।
वर्षाले शनिवार बिहान सदरमुकाम फुङलिङमा लाग्ने सनिवारे हाट समेत केही प्रभावित भएको छ । गाउँबाट किसानहरू कृषि उपज लिएर आउन सकेका छैनन् । सामान्यमात्रै छाता ओढेर आएका छन् ।