०९ बैशाख २०८२, मंगलबार

पाचथरमा हेवा खोलाको पुल बगायो, मनसुन सकिने बेला भएकाले गतवर्ष जस्तो पीडा नहुने

Logo
Taplejung Press शनिबार, आश्विन १२, २०८१
तस्विर सौजन्य ः डण्डु शेर्पा

ताप्लेजुङ – अविरल वर्षा सँगैको बाढीले पाचथरको हेवा खोलाको पुल बगाएको छ । हेवाखोला छेवैमा होटल सञ्चालन गर्दै आएकी नर्वदा सुनुवारका अनुसार पुलका सबै संरचना बगाएको छ ।


गतवर्ष पनि यो पुल बगाएको थियो । ‘पुलको नाम निसाना केहीपनि छैन,’ नर्वदाले टेलिफोनमा भनिन, ‘पारिपट्टिको दुईवटा घर छेउसम्म कटान गरेर पुगेको छ र हाम्रोतिर पनि पानीले कटान गर्न थालेको छ ।’ सदरमुकाम फिदिमबाट गएको प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली प्रभावित क्षेत्रमा आइपुगेको उनले बताइन ।


गतवर्ष मनसुन सुरु हुदैगर्दा बगाएको यो पुलका कारण दुई महिनासम्म यातायात सञ्चालनमा कठिनाइ भएको थियो । यसले ताप्लेजुङको पुरै जिल्ला र पाचथरको आधार भाग प्रभावित बनाउछ । तर यसवर्ष मनसुन सकिने समय भएकाले पानी पर्न छोडेपछि खोला घट्ने र खोलाबाट बाटो बनाएर यातायात सञ्चालन गर्न सकिने अपेक्षा यातायात ब्यवसायिले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066