०९ बैशाख २०८२, मंगलबार

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले भन्यो ः दैनिक उपभोग्य सामग्री पर्याप्त छ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, आश्विन १२, २०८१

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जिल्लामा दैनिक उपभोग्य सामाग्रीहरूको मौज्दात पर्याप्त रहेको जनाएको छ । शनिवार दिउसो सूचना जारी गर्दै वाणिज्य सङ्घले सामानको कृतिम अभाव सृजना नगर्न र आवश्यकता भन्दा बढी मौज्दात नराख्न ब्यापारि, व्यवसायी र उपभोक्तालाई आग्रह गरेको छ ।

‘चाडवाडको समयमा बजारमा कुनै सामाग्रीको अभाव हुने छैन, तसर्थ आवश्यकता भन्दा बढी सामाग्रीहरूको मौज्दात राख्न खरिद गर्न पर्ने अवस्था नभएको आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ,’ वाणिज्य सङ्घको सूचनामा भनिएको छ, ‘बजारमा कृतिम अभाव सिर्जना गर्ने तथा मूल्य वृद्धि गर्ने जस्ता गैरकानूनी काम नगर्न सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई अनुरोध गरिन्छ ।’ मनसुनको उत्तरार्धमा सकृय भएको वर्षाका कारण अवरुद्ध सडक चाँडै खुल्ने विश्वास वाणिज्य सङ्घले लिएको छ ।

पाँचथर हेवाखोला साथै मेची राजमार्गका विभिन्न स्थानमा सडक अवरूद्ध भएपछि जिल्लामा ग्यास लगायतका कतिपय बस्तुको अभाव सृजना गरिएको गुनासो सुरु भएको थियो । उपभोक्ताहरू  दशैंमा नपाइएला कि भनेर सामग्री मौज्दातमा जुटेको पाइएको छ । ‘चाडवाडको सङ्घारमा भएका यस्ता बिपत्तिहरूको धैर्य गरि सामना गर्नुको विकल्प छैन, वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले भने,  ‘बजारमा हुन सक्ने सम्भाव्य समस्याहरूको लागि अवरूद्ध भएका सडकहरू मेची राजमार्ग तथा तमोर करिडोर यथाशक्य चाँडो सुचारू गर्नुपर्छ ।’ यसकालागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066