२३ पुष २०८१, बुधबार

हेवा खोलामा फड्के सञ्चालन

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन १७, २०८१
लक्ष्मी गौतम

पाँचथर — असोज १२ गते आएको बाढीले मोटरेबल पुल बगाएका पाँचथरस्थित हेवा र फेमे खोलामा फड्के सञ्चालनमा आएका छन् । बाढीले एकैदिन मेची राजमार्गको इलाम-फिदिम खण्डमा रहेको हेवा खोलाको बेलिब्रिज र फिदिम फालौट सडक खण्डमा फेमे खोलाको मोटरेबल पक्की पुल गत असोज १२ गते एकैदिन बाढीले बगाएको थियो ।

बगाएमध्ये हेवा खोलामा नेपाली सेनाले फलामका पोल, लट्ठा, ग्याबिन जाली, बाँस र ढुंगा प्रयोग गरेर मोटरसाइकल, स्कुटर र मान्छे तर्न मिल्ने फड्के बनाएको हो । फट्केको लम्बाई १ सय २० मिटर र चौडाई ४ फुटको छ । फड्केबाट बिहीबार साँझदेखि दुईपांग्रे साधनसँगै मानिसको आवागमन खुला गरिएको छ । सेनालाई फड्के बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र फिदिम नगरपालिकाको नगर प्रहरीले सहयोग गरेका थिए भने सामग्री नगरपालिकाले व्यवस्थापन गरेको हो ।

हेवा खोलामा फड्के बनेपछि मेची राजमार्गको फिदिम पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरकसँगै ताप्लेजुङ जाने यात्रुलाई केही सहज भएको छ ।

उता फिदिम फालौट सडक खण्डको फेमे खोलामा भने युवाहरुको सक्रियतामा फड्के बनेको हो । जुन फड्केबाट सदरमुकाम फिदिमदेखि नांगीन याङनाम सिदिन हुँदै प्राङबुङ जान सहज भएको छ ।

यहाँका युवाहरुले अघिल्लो दिन पनि फेम खोलामा फड्के बनाएका थिए । उक्त फड्के निर्माण गरेको केही घण्टा नबित्दै बाढी आएर बगाएपछि दोस्रो पटक निर्माण गरिएको हो ।

पाचथरका कान्तिपुर संवाददाता लक्ष्मी गौतमले लेखेको समाचार कान्तिपुर अनलाइन बाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066