०९ बैशाख २०८२, मंगलबार

हेवाखोलामा दुई बर्ष फड्के बनाउन नेतृत्व गरेका मेजर

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन १८, २०८१

ताप्लेजुङ – असोज १२ गते बिहानैको बाढीले हेवा खोलाको पुल बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरको हिलिहाङयाङवरक गाउँपालिका सिदा यातायातबाट बिच्छेद भए । १२ गते दिउसो पाँचथरको फिदिममा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले नागरिकको सुविधाकालागि दुईपाङ्ग्रे सवारी साधन तार्न मिल्ने गरिको फड्के तत्काल बनाउने निर्णय गर्यो । यसको नेतृत्व नेपाली सेनाले लियो । फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले आवश्यक सामग्री उपलब्ध गराउने बचन दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलेपनि सहयोग गर्ने निर्णय भयो ।

नेपाली सेनाले फड्के बनाउने जिम्मेवारी लिएपछि यसको नेतृत्व पाए सेनानी (मेजर) विमल राउतले । उनले गतवर्ष पनि यही खोलामा यसरीनै फड्के बनाउने नेतृत्व गरेका थिए । गतवर्ष असार २ गतेको वर्षा र बाढीले यही खोलाको पुल बगाएको थियो । गतवर्ष भन्दा यो वर्ष ठुलो र लामो बनाइएको राउत बताउँछन् । उनका अनुसार यसवर्ष गतबर्षको तुलनामा मजबुतपनि बनाइएको छ । ‘यो वर्ष खोलो ठुलो र फराकिलो छ, त्यसैले हामिले फड्केपनि लामो बनाउनु परेको छ,’ राउतले भने, ‘गतवर्ष लगातार वर्षा भइरहदा र खोलो दिनानुदिन बढीरहदा केही समस्या भएको थियो यो बर्ष बनाउन केही सहज भएको छ ।’ उनका अनुसार लम्बाई १ सय २० मिटर र चौडाई ४ फुटको छ ।

फड्के सञ्चालनमा आएपछि अब यात्रुले बढीमा १० मिनेट हिँडे पुग्छ । आफ्नो सामान आफैँले बोकेरपनि वारिपारि गराउन सक्छन् । अरुलाई लगाए थोरै पैसा दिए पुग्छ । फिदिम तर्फ फड्केको नजिकसम्म सवारी साधन पुग्छन् भने हिलिहाङ तर्फको सडकपनि नजिकै रहेको छ । यसअघि यात्रुले एउटा गाडिबाट अर्को गाडीमा पुग्न कम्तीमा एक घण्टा पैदल हिँड्नुपर्थ्योवृद्धवृद्धाबालबालिकाकालाई यो निकै कष्टपूर्ण बनेको थियो । यो फड्केबाट खाद्यान्न लगायतका सामान ओसार पसार गर्नपनि सहज भएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष नारान थापा बताउँछन । ‘अस्ति त्यति लामो बाटो बोकाउन सकिदैन थियो महँगो पथ्र्यो,’ थापाले भने, ‘अब अत्यावश्यक बस्तुहरू फड्के वारिपारि गराउन त सकिन्छ नी ।’

गतवर्ष फड्के सञ्चालनमा आएको भोलिपल्टै समस्या आएर मर्मत गर्नु परेको थियो । यसवर्ष त्यो समस्या नआउने राउत वताउछन् । फड्के निर्माणको क्रममा नेपाली सेनाले उद्धार स“ग सम्वन्धित ३५ जना सेनाको टोलि नियमित परिचालन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र अन्य संघसंस्थाको गरी दैनिक ७० जनाले ५ दिनसम्म काम गरेको राउतले बताए । वारीपारीको रुखलाई आड मानेर पोलहरु ग्हिरोगरी गाडेर बनाइएको छ । खोलाको सतहभन्दा माथी भएकाले बाढीले बगाउने सम्भावना निकै कम रहेको फिदिम नगरपालिका प्रमुख काफ्ले बताउँछन् । तीन दिनमै फड्के तयार पार्ने भनिएपछि लट्ठा, नटबल्टु लगायतका ससाना सामान खोज्दा र जुटाउदा दुईदिन बढी लागेको काफ्लेले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066