०९ बैशाख २०८२, मंगलबार

हेवाखोलामा ह्युम पाइप आइपुग्यो, डाइभर्सन निर्माणको काम सुरु हुने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, आश्विन १९, २०८१
पाचथरवाट प्रकाशित अनलाई केन्जो खवरबाट साभार

पाँचथर – मेचिराजमार्ग अन्तरगत एक साताबाट अबरुद्धरहेको हेवाखोलामा डाइभर्सन निर्माणको १२ वटा ह्युम पाइप हेवाखोलामा आइपुगेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
हेवाखोलामा १२ वटा ह्युम पाइप आइपुगे पछि आजैबाट डाइभर्सन निर्माणको काम सुरु गरिने सडक डिभिजन इलामका प्रमुख पबन भट्टराईले जानकारी दिए । डाइभर्सन निर्माण गरि यथाशिध्र सडक सञ्चान गरिने भट्टराईले जानकारी दिए ।
हेवाखोलामा डाइभर्सन निर्माणको लागी ल्याइदै गरेको ह्युम पाइप तमोर करिडोरको नावाखोलामा केहि दिन अड्कीदा डाइभर्सन निर्माणको काममा ढिलाइ भएको थियो ।
हेवाखोलामा आएको बाढिले बेलिब्रिज बगाउदा एक साताबाट पाँचथरका हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङमा पुणर्रुपमा यातायात सम्पर्क टुटेको थियो । यातायात सम्पर्क टुटेसँगै हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।

यो समाचार पाचथरवाट प्रकाशित अनलाई केन्जो खवरबाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066