२३ पुष २०८१, बुधबार

हेवाखोलामा आइतबार बेलुकादेखि सोमवार बिहानसम्म चार पाङ्ग्रे सवारी चल्ने बनाउछौ ः प्रजिअ र आयोजना प्रमुख

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, आश्विन १९, २०८१

ताप्लेजुङ – असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आइतबार बेलुकादेखि सोमबार बिहानसम्म चार पाङ्ग्रे सवारी चल्ने बनाइने भएको छ । पाचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला र सडक डिभिजन कार्यालय इलामका प्रमुख (डीई) पवन भट्टराईले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘हामी अहिले हेवाखोलामा केन्द्रीत भएका छौं,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले आइतबार बिहान भने,’ ‘ह्युम पाइप राखेर भरे (आइतबार) बेलुका सम्ममा यातायात चल्ने बनाउछौं, कथं सम्भव भएन भने भोलि (सोमबार) बिहानसम्ममा साना सवारी चल्छ ।’ सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले प्रमुख जिल्ला अधिकारीको कुरालाई पुष्टि गरे । ‘हामिले १२ वटा ह्युम पाइप हेवा खोलामा झारिसकेका छौँ, आज (आइतबार) राख्छौं,’ भट्टराईले थपे, ‘कथं पानीले बगाएन, सहज ढङ्गले राख्न सकियो भने आज बेलुकाबाट यातायात चल्ने गरिको हुन्छ ।’
तत्कालका लागि साना सवारी मात्रै चल्ने उनको कथन छ । हेवा खोला वारि हिलिहाङ तर्फको सडक बनाउनु पर्ने भएकाले मालवाहक ठूला सवारी साधन भने तत्काल चलाउन नसकिने भएको छ । यसका लागि सडक मर्मतको काम पनि थालिहाल्ने डिभिजन प्रमुख भट्टराई बताउछन् । तमोर करिडोर अन्तर्गतको माझीटार गणेशचोक सडक खण्ड भनें चार-पाच दिन लाग्ने कोइराला बताउछन् । ‘त्यो सडकमा तीन ठाउ“मा डाइभर्सन गर्नु पर्छ, त्यसैले समय लाग्छ,’ कोइरालाले भने, ‘तर, चार-पाच दिनमाचाही ठूला मालवाहक सवारी चल्नेगरिको हुन्छ ।’
सडक अवरुद्ध हुदा ताप्लेजुङमा पेट्रोलियम पदार्थको अभाव भएको छभने पोल्ट्री व्यवसायिहरूले चारो ल्याउन सकेका छैनन् । औषधि, ग्यास सिलिन्डर, इलेक्ट्रोनिक सामानको समस्या रहेको छ । यही मौका छोपेर व्यवसायिहरूले मूल्य वृद्धि गरेको गुनासो उपभोक्ताको छ । सडक खुलाएर सामान आयात निर्यातलाई सहज बनाउने र बजार अनुगमनलाई तिव्रता दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको दावी छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066