

ताप्लेजुङ – पाथीभरा बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्तिक ४ गतेदेखि स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । कर्णसिङ सोनाम एफ सिको आयोजनामा हुने प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका १६ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको उपाधि विजेताले ८१ हजार र द्वितीयले ४१ हजार पुरस्कार प्राप्त गर्ने छनभने विधागत पुरस्कारको पनि ब्यवस्था गरिएको अध्यक्ष हाङगो लिम्बूले जानकारी दिए । विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा ६ लाख रुपैया खर्च हुने कोषाध्यक्ष पवन लिम्बूले जानकारी दिए ।
सचिव दिपेश सुनामका अनुसार रूपा नयोङहाङ, शोभा नयोङहाङ, ववि नयोङहाङ र रुविना नयोङहाङ प्रायोजक रहेका छन् । पाथिभरा युवा समाज सहआयोजक रहेको फुटबलमा एन्फा ताप्लेजुङले प्राविधिक सहयोग गर्ने र होप फर अल सहयोगी संस्थाको रुपमा रहेको पवनले जानकारी दिए ।
यो प्रतियोगिता विगत तीन वर्षदेखि हुँदै आएको छ ।