१९ पुष २०८१, शनिबार

मन्त्री हाङगामले पाथीभरालाई साक्षी राख्दै भ्रष्टाचार गर्दिन भन्दा बज्यो पर्रर्रर्र ताली (भिडियो सहित)

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आश्विन २०, २०८१

ताप्लेजुङ — कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले आफ्ना सुभेक्षुक तथा पाथीभरा देवीलाई साक्षी राख्दै आफूले भ्रष्टाचार नगर्ने बताएका छन् । नेपाली काग्रेस जिल्ला कार्य समिति ताप्लेजुङद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताउदा हलमा उपस्थितले पर्रर्रर्र ताली बजाएका थिए ।
सङ्कटग्रस्त सहकारीको विषयमा ध्यान दिनुपर्ने, यसको निकास दिनुपर्ने, गास काटेर सहकारीमा बचत गरेकाहरूलाई न्याय दिनुपर्ने दायित्व अहिले आफ्नो काधमा आएको बताए । ‘सहकारी पीडितहरू ढुङ्गामुढा गर्दै आउछन्,’ मन्त्री हाङगामले भने, ‘यस सम्बन्धी प्रष्ट एैन कानुनपनि रहेन रहेछ, पीडितलाई न्याय दिनु छ ।’
उद्योग, कृषि र सहकारी गरी तीन वटा विधाका ५१ वटा बढी विभाग हेर्नु र केही न केही रचनात्मक काम गर्नुपर्ने भएकाले आफूले चलाखी पूर्वक काम गर्ने उनको कथन छ । मन्त्री भएपछि एक सय भन्दा वढी सङ्घ संस्था तरुणले स्वागत कार्यक्रम गरेको उल्लेख गर्दै उनले उनीहरूमा केही गर्छ भन्ने भावना र आशा रहेकाले आफूले त्यसलाई सम्बोधन गर्न प्रयास गर्ने बताए । हाङगामले पार्टीको लय, ताल, मेथड अनुसार आगाडि बड्नेपनि दावी गरे । ‘मन्त्रालय पनि ठुलो छ, जिम्मेवारी पनि ठुलो छ, चुनौतीपनि त्यही अनुसार छ,’ हाङगामले थपे, ‘तपाइहरुको शिर उचो हुनेगरि मन्त्रालयको कुनै किसिमको भ्रष्टाचारमा नफसी, तपाईको कसम, पाथीभराको कसम खाएर म त्यहा काम गर्नपनि चाहन्छु ।’ यतिबेला सहभागीले पटटट ताली बजाएका थिए ।
हिजो सांसद हुदा जिल्लाको विषयमा मात्रै ध्यान दिदा हुने भएपनि मन्त्री भएपछि १४ जिल्लामै ध्यान दिनुपर्ने र त्यही अनुसारको काम गर्ने उनले बताए । अहिले कोशी प्रदेश सरकारले कृषकलाई अनुदान नभएर ब्याज सहुलियत दिएर क्रृण दिने ब्यवस्था गर्न लागिएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066