०७ बैशाख २०८२, आइतबार

ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुरुङ र लिम्बुको जोडीलाई

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, आश्विन २४, २०८१
तरुण भारती

ताप्लेजुङ – विजया दशमी तथा दिपावलीको अवसरमा आयोजित जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष तर्फको उपाधि बसन्त गुरुङ र प्रेमराज लिम्बुको जोडीले जितेका छन् । इन्द्रणी ब्याडमिन्टन हलमा आयोजित प्रतियोगितामा मिलिन् गुरुङ र सरोज लिम्बुको जोडी उप विजेता बने । उनीहरूले नगद २० र १५ हजार पुरस्कार प्राप्त गरे ।

विहीवार सम्पन्न प्रतियोगितामा महिला खुला तर्फ नुमा लिम्बू र भावना केदेमको जोडी उपाधि विजेता बन्दा सरुना गुरुङ र मनिता गुरुङको जोडीले उप विजेतामा चित्त बुझाउनु पर्यो । उनीहरूले नगद १५ र १० हजार पुरस्कार प्राप्त गरे । जुनियर डबलमा मिसेकहाङ चोङ्वाङ र डेबिट गुरुङको जोडी विजेता बन्दा प्रकाश लिम्बू र रविन सुनुवारको जोडी द्वितीय भए । उनिहरुले पनि १५ र १० हजारमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीका रुपमा निरुसा लिम्बू र उदयमान खेलाडीका रुपमा लिना गुरुङ भए । उनीहरूले पन्ध्र सयका दरले पुरस्कार पाउदा पुरुष तर्फ सविन गुरुङ उत्कृष्ट र करन लिम्बुले उदयमान खेलाडीको रुपमा दुई हजार पुरस्कार पाए । शिव आइरन प्रालि झापा, पाथीभरा हार्डवेयर प्रोपाइटर कृष्ण गुरुङ र फुङ्लिङ नगरपालिका वाड नं ६ ले प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको सङ्घका अध्यक्ष सुरेश सिंघकले जानकारी दिए ।

दुई दिन सञ्चालित प्रतियोगितामा फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेल लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066