२३ पुष २०८१, बुधबार

छोराछोरीलाई हाम्रो काम देखाउन लिएर आयौँ ः नाना

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, आश्विन २९, २०८१

ताप्लेजुङ – डेनमार्कका नागरिक म्याक सेइजवेक र उनका श्रीमती नाना सेइजवेकले पाथीभरा क्याम्पसको भवन निर्माणका लागि १ करोड २ लाख नेपाली रुपैयाँ सहयोग गरे । ह्युमन प्राटिक्स फाउण्डेसन (एचपिएफ) को संयोजनमा भएको लगानीमा फुङलिङ नगरपालिकाले १५ लाख र क्याम्पस स्वयंको समेत गरी १ करोड ३७ लाखमा भवन निर्माण सम्पन्न भयो । 

एउटा कोठामा ४० जना विद्यार्थी बस्न मिल्ने दुई तले १० कोठे भवन उद्‌घाटन कार्यक्रममा सेइजवेक दम्पती आफ्ना एक छोरा र एक छोरीपनि साथैमा लिएर आए । उद्‌घाटन कार्यक्रममा नानाले नेपालीमा रूपान्तरण गरेको समेत गरी ३ मिनेट ३४ सेकेन्डको मन्तव्य राखिन । आफुहरुलाई लगानी गर्ने अवसर र समन्वयका लागि स्थानीय सरकारलाई धन्यवाद दिइन । नानाले आफ्ना १६ वर्षीय छोराछोरीलाई आफूहरूले गरेको लगानी देखाउन ल्याएको र उनीहरूले पनि यस्तै सिकून् भन्ने चाहना राखेको खुलाइन । 

उद्घाटनमा रिबन म्याक, नाना, छोरी आना र छोरा ओस्करले संयुक्त रुपमा काटेका थिए । ८ सय विद्यार्थी रहेको क्याम्पसमा यसले ठुलो सहयोग पुगेको क्याम्पस प्रमुख सजन पौडेलले बताए । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त यस क्याम्पसमा स्नातकोत्तर तह सम्मको अध्यापन हुँदै आएको छ । स्नातकोत्तर सम्मको पढाई हुने यो जिल्लाको एकमात्र क्याम्पस पनि हो । पाथीभरा बाहेक सिरिजङ्गा गाउँपालिका १ सिनाममा स्नातक तहसम्मको अध्यापन हुँदै आएको छ ।

 क्याम्पस सञ्चालक समिति अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङको अध्यक्षतामा भएको उद्‌घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबो, मेरिङदेन गाउँपालिका अध्यक्ष युकहांवीर हाङगाम (डम्बर), मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066