२३ पुष २०८१, बुधबार

साइकल दुर्घटनाका घाइते विवशलाई अञ्जनाले जुटाइन १ लाख ६८ हजार (भिडियो सहित)

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, कार्तिक ०१, २०८१

ताप्लेजुङ – गत चैत १९ गते ताप्लेजुङको हेलिप्याडमा भएको साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका फुङलिङ नगरपालिका २ का  विवश मगरको उपचारका लागि अञ्जना कडरियाले १ लाख ६८ हजार १ सय ७० रुपैयाँ सहयोग जुटाएकी छन् । नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल महिला सङ्घ जिल्ला कार्य समितिका सचिव समेत रहेका अञ्जनाले  विहीवार उक्त रकम विवशका पिता गणेश मगरलाई हस्तान्तरण गरेकी छन् ।

एक जना कविता तामाङलाई साथी लिएर घरैमा गएकी उनले आफ्नो आव्हान सहयोग गर्ने दाताहरूप्रति कृतज्ञता व्यक्त गर्दै सहयोग जुटाउने अनुमति दिने गणेश मगरलाई धन्यवाद व्यक्त गरिन् । उनले देश भित्र र बाहिर बसोबास गर्ने बिभिन्न व्यक्तिहरूले सहयोग प्रदान गरेको बताइन । अञ्जनाले सहयोग गर्नेहरूको पूर्ण विवरण परिवारलाई प्रदान गरेकी छन् ।

आफूलाई सहयोग गर्नेको विवरण सार्वजनिक गर्ने चाहना नभएको तर हाम्रोमा लक्षित बर्गमा पुग्यो कि पुगेन भन्ने आशङ्का हुने भएकाले सामाजिक सञ्जालमा विवरण सार्वजनिक गर्नु परेको बताइन ।  साइकलबाट लडेर बेहोस भएका मगरको ताप्लेजुङ अस्पतालमा प्रारम्भिक उपचारपछि झापाको बिर्तासिटि अस्पतालमा टाउको, घाटी, नाक, गालाको अप्रेसन गर्नु परेको र अहिलेससम्म झण्डै १५ लाख रुपैयाँ खर्च भएको गणेशले बताएका छन् । पहिला राखिएको स्टिल खोल्नुपर्ने र थप अप्रेसन गर्नुपर्ने भएकाले शुक्रवार नै थप उपचारका लागि लैजान लागिएको परिवारले बताएका छन् ।

अञ्जनाले यसअघि सिदिङवा गाउपालिका ६ मा घाँस काट्ने क्रममा लडेर घाइते तृसना राईको उपचार सहयोगका लागि १९ हजार ५ सय रुपियाँ सहयोग जुटाएकी थिइन । विपत्‌मा परेको समयमा सहयोग जुटाएर घरमै ल्याएर रकम हस्तान्तरण गरेकोमा गणेशले अञ्जनाप्रति आभार व्यक्त गरेका थिए । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066