०७ बैशाख २०८२, आइतबार

मेयर उपमेयरको घरमा पानीको धारा काटेका पाचथर काग्रेसका गुरुङले सशस्त्र प्रहरी प्रमुख धम्क्याएपछि पक्राउ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, कार्तिक ०३, २०८१

पाँचथर — फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ पक्राउ परेका छन् । बिहीबार साँझ पक्राउ परेका अध्यक्ष गुरुङविरुद्ध प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा अभद्र व्यवहारविरुद्ध मुद्दा दर्ता गराएको हो ।

अध्यक्ष गुरुङले बिहीबार साँझ सशस्त्र प्रहरी बल (हिमशिखर गुल्म)का प्रहरी नायव उपरिक्षक कुमार बरालमाथि अभद्र व्यवहार गरेको अभियोग लागेको छ ।

गुरुङ फिदिम–४ स्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका गुरुङलाई रिहा गर्न माग गर्दै समर्थकहरुले शुक्रबार अपराह्न फिदिम बजारमा र्‍याली निकालेका थिए ।

गुरुङबिरुद्ध तीन दिनको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।

उनि नेपाली काग्रेसका नेतापनि हुन । स्थानीय तहको निर्बाचनमा नगर प्रमुखको दावी गरेका थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066