२३ पुष २०८१, बुधबार

तिम्बुङ पोखरी क्षेत्रमा हिउँ

Logo
Taplejung Press शनिबार, कार्तिक ०२, २०८१
तस्बिर सौजन्य : अमिर राई

लक्ष्मी गौतम

पाँचथर — पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा हिउँ परेको छ । शुक्रबार साँझ र शनिबार बिहान हिउँ परेको स्थानीयले बताए ।

कात्तिक २ गते साँझदेखि ३ गते बिहानसम्म हिँउ परेको तिम्बुङ पोखरीस्थित रेडपाण्डा गेस्ट हाउसका सञ्चालक अमिर राईले बताए । ‘तिम्बुङ पोखरी, लङ्गुर र लक्ष्मी पोखरी क्षेत्रमा हिँउ परेको छ, केही ठाउँमा त एक इन्चसम्म जमेको छ,’ उनले भने ।

पर्यटन व्यवसायीसमेत रहेका राईले हिउँ परिरहेको तस्बिर र भिडियो फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘तिम्बुङ पोखरी क्षेत्रमा सिजनमा पहिलो पटक हिमपात भयो ।’ मौसम बदली भइरहेकाले अझै हिउँ पर्ने सम्भावना देखिएको स्थानीयले बताएका छन् ।

हिमपात सुरु भएपछि तिम्बुङ पोखरीको बाटो भएर कञ्चनजंघा आधार शिविरतर्फ जाँदै गरेका पर्यटकको यात्रा भने प्रभावित भएको छ ।

४ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले प्रख्यात छ । यहाँ जेठदेखि कात्तिकसम्म आन्तरिकसँगै भारतको सिक्किम र पश्चिम बंगालबाट पर्यटक घुम्न आउने गर्छन् ।

पाचथरका पत्रकार लक्ष्मी गौतमले इकान्तिपुर अनलाइनमा लेखेको समाचार साभार

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066