०९ बैशाख २०८२, मंगलबार

ताप्लेजुङ प्रशासनले फेरी सूचना निकालेर भन्यो ः देउसी भैलो बेलुका नौ बजेसम्म मात्रै

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, कार्तिक १५, २०८१

ताप्लेजुङ – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बेलुका नौ बजेसम्म मात्रै देउसी भैलो खेल्ने समय निर्धारण गरेको छ ।

कार्यालयले बुधबार पुन सूचना प्रकाशित गरि बेलुका नौ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने उल्लेख गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काद्वारा हस्ताक्षरित सूचनामा मर्यादित ढङ्गले चाडपर्व मनाउन अनुरोध गरिएको छ ।

यसअघि कार्तिक ९ गते प्रकाशित यही प्रकृतिको सूचनामा समय निर्धारण गरिएको थिएन । समय निर्धारणका लागि यही प्रकृतिको सूचना १४ गते पुन प्रकाशित गरिएको पाइएको छ ।

तिहारको प्रारम्भसँगै जिल्लामा देउसी भैलो सुरु भइसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066