०७ बैशाख २०८२, आइतबार

खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लबलाई

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, कार्तिक १६, २०८१

ताप्लेजुङ – खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । दिपावलीको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा पाँचथरको कुम्मायक गाउँपालिका यासोकलाई ४ – १ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पेदाङले नगद १ लाख ५१ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्योभने कुम्मायकले १ लाख ११ हजार प्राप्त गर्यो । विजेतालाई कोशी प्रदेशका उद्योग कृषि एवं सहकारी मन्त्री खगेन सिं हाङगामले कप मेडल प्रदान गरे ।

फाइनल खेलको १९ औ मिनेटबाट अग्रता लिएको पेदाङकालागि निरोज लिङदेनले गोलको खाता खोलेका थिए । ३२ औ मिनेटमा शेखर राईले दोश्रो गोल गरेभने रोशन आङ्देम्बेले ५१ मिनेटमा तेश्रो गोल थपे । दर्शक निरास भइरहेकाबेला कुम्मायकको लागि दिप्सन लावतीले ५४ औं मिनेटमा सान्त्वना गोल फर्काए । पेदाङका लागि ५५ औं मिनेटमा रोशनले ४– १ को अग्रतामा पुर्याएपछिभने पोष्टमा थप गोल हुन पाएन ।

सिरिजङ्गा गाउँपालिकामा तेल्लोक र खेवाङमा हुने प्रतियोगितालाई पालिकाको क्यालेण्डरमा राखिएको छ । यसवर्षको प्रतियोगितामा कोशी प्रदेश पुलिस क्लब सहित आठ टिमको सहभागिता रहेको थियो । तर सबै पाहुना टिमलाई पाखा लगाउदै पेदाङले उपाधि चुमेको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066