०९ बैशाख २०८२, मंगलबार

झापामा गोरुले हानेर १ जनाको मृत्यु

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, कार्तिक १६, २०८१

झापा — झापामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ७ जामबारी बस्ने  ४८ वर्षीय कृष्ण शर्माको गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बारीमा बाँधेको गोरु सार्ने क्रममा उनलाई बिहीबार साँझ गोरुले हानेर घाइते बनाएको र दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनएको छ ।

अस्पतालका अनुसार उनको शरीरका ७ वटा करङ भाँचिएको थियो। उनलाई अस्पतालले विराटनगरको नोबेल अस्पताल रेफर गरेको थियो । गोरु समाउने क्रममा घाइते भएका शर्माका छिमेकी ४५ वर्षका रविन राजवंशीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066