०९ बैशाख २०८२, मंगलबार

ताप्लेजुङका जनप्रतिनिधि, को कहाँ लगाउँदैछन् तिहारको टिका ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, कार्तिक १८, २०८१

ताप्लेजुङ –  नेपालीहरूको दोश्रो ठुलो चाड तिहारको मुख्य विशेषता भनेको चेलीले माइतीलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टिका लगाइदिनु हो । त्यसदिन चेलीको हातबाट टिका, माला ग्रहण गर्न माइतीहरू टाढा टाढासम्म पुग्ने गरेका छन् । घरायसी वातावरण अनुसार माइतीपनि चेली खोज्दै जाने गरेका छन् । विशेषगरी तिहारमा चेलीले माइती खोज्छन् । भाइटीकाको दिन दाजुभाइ रित्तो नबसुन् भन्ने चाहना राख्छन् । सहोदर चेली नभएकाले नजिकका चेलीको हातबाट दीर्घायुको शुभेच्छा ग्रहण गर्ने गरेका छन् । परिवारमा मृत्यु भए, सुतक परे नलगाउने प्रचलनपनि छ । ताप्लेजुङबाट प्रतिनिधिसभामा तीन र प्रदेश सभामा तीनजनाले प्रतिनिधित्व गछर्न । नौवटा स्थानीय तह रहेका छन् । 

योगेश भट्टराई ः प्रतिनिधिसभा सांसद योगेश भट्टराईले यसवर्षको तिहारमा टिका नलगाउने भएका छन् । भट्टराईका भाउजू दिवङ्गत भएको वर्षदिन नपुगेकाले दशैंको टिका समेत नलगाएका उनले तिहारको टिकापनि नलगाउने भएका हुन । भट्टराईका दुई आमापट्टिका गरी एकै बाबुका जम्मा २४ सन्तान हुन् । आफ्नै आमापट्टिका १२ जना छन् । १२ जनामध्ये दाजुभाइ दुई र दिदीबहिनी तीन गरी अहिले पाँचजना छन् । जेठी आमातर्फका एक दिदी जीवित छन् । यसपटक उनले जेठी आमा पट्टिकी भाउजूको जुठो बारेका छन् । भट्टराई तिहारमा काठमाण्डौमा छन् । 

लिलादेवी बोखिम ः प्रतिनिधिसभा सांसद लिलादेवी बोखिमले यसवर्ष कसैलाई टिका नलगाइदिने योजना बनाएकी छन् । बोखिम परिवारमा जुठो परेकाले टिका नलगाउने भएकी हुन । सिरिजङ्गा गाउपालिका ३ सिकैचामा नाताले काकी पर्ने दिवङ्गत भएको र बर्खान्त भइनसकेकाले टिका लगाउने योजना नरहेको बोखिमले बताइन । ताप्लेजुङमै तिहार मान्न गत विहीबार नेपाल वायु निगमको जहाजबाट काठमाण्डौबाट आएपनि मौसमका कारण सुकेटार विमानस्थलमा नबसेका कारण फर्कनु परेको थियो । बोखिमका आफ्ना माइतीभने दुई भाइ छन् । बोखिम तिहारमा काठमाण्डौमा छन् । 

उर्मिला थेवे ः प्रतिनिधिसभा सांसद उर्मिला थेवेलाई धेरै वर्षपछि यसवर्ष टिका लगाउन मिल्छ । तर दाजुभाइ नआउने भएकाले उनले टिका नलगाउने योजना बनाएकी छन् । अरुलाई दाजुभाइ मानेरै टिका लगाइदिने योजनापनि छैन । थेवेका ११ जना दाजुभाइ हुन् । तीमध्ये एक दाजु र चार भाइगरी पाँचजना अहिलेपनि छन् । तर अधिकांश परदेशमा भएका र ताप्लेजुङ आउने नभएकाले उनले यसवर्षको तिहारमा टिका लगाउन नपाएकी हुन् । थेवेको तिहारभनें सिनाममा हुनेछ । 

खगेन सिं हाङगाम ः कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले यसवर्षको तिहारको टिका वहिनिको हातबाट लगाउने तयारी गरेका छन् । फुङलिङ नगरपालिका भानुजन मावि छेउमा वहिनीको घर छ । वहिनीको घरमै गएर टिका लगाउने तयारी गरेको हाङगामले वताए । मन्त्री हाङगामका दुईजना वहिनी छन् । सिरिजङ्गा गाउपालिका ७ खेवाङमा सञ्चालित खेवाङ गोल्डकपको समापन समारोहमा सहभागी भएका हाङगाम गाउमा शुभकामना आदान प्रदान तथा भेटघाट गर्दै वहिनीवाट टिका लगाउन सदरमुकाम फुङलिङ आएका छन् । 

तिलकुमार मेन्याङवो ः कोशी प्रदेशका सांसद एबं पुर्व मन्त्री तिलकुमार मेन्याङवोले यसवर्षको भाइटिका आठराईत्रिबेणी गाउपालिका २ फुलवारी गएर लगाउने तयारी गरेका छन् । यहा उनका कान्छी वहिनी छन् । कान्छी वहिनीको हातबाट टिका लगाउने मेन्याङवोले बताए । 

निर्मला तावा ः  कोशी प्रदेशका सांसद एबं पुर्व स्वास्थ्य मन्त्री निर्मला तावाले यसवर्ष भाइटिका लगाउने योजना बनाएकी छैनन । माइतीहरु ताप्लेजुङमा नभएका र आफुले जान नपाएकाले टिका लगाउने तयारी नभएको उनले वताइन । ताप्लेजुङमा राजा मादेनलाई लगाउदै आएकोमा यसवर्ष मादेनपनि नभएकाले टिका लगाउने तयारी नभएको तावाले बताइन । 

अमिर मादेन ः फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले यस वर्ष तिहारको टिका नलगाउने भएका छन् । सहोदर बहिनि शिला मादेनको केही समय अगाडि मात्रै निधन भएको र मादेन परिवारमा पनि जुठो रहेकाले टिका लगाउन नमिल्ने उनले बताए । 

 केशर मेन्याङवो ः  तिहारको टिका लगाउन झापा विर्तामोड पुगेका पाथीभरा याङवरक गाउपालिका अध्यक्ष केशर मेन्याङवोको निधार यसवर्ष रित्तै भएको छ । ठुलोवुवाका दुई छोरीको हातवाट टिका लगाउन बिर्तामोड झरेका उनी पुगेकै दिन  बंश भित्र परिवारमा जुठो परेको छ । ‘मेरा घर भित्रका तीन जना चेली हुन्,’ मेन्याङवोले भने, ‘एकजना घरमै हुनुहुन्छ, दुईजना यता झापामा हुनुहुन्थ्यो र आएको थिए, टिका लगाउन भएन अव भेटघाट गरेर फर्कन्छु ।’ टिका लगाउन नभएपनि टिकाको दिन दिदीवहिनिको घरमा बिताउने योजना मेन्याङवोको छ । 

विजय वनेम ः  मैवाखोला गाउपालिका अध्यक्ष विजय वनेमले यसबर्षको टिका धरानमा लगाउदैछन । मलेसिया लगायतका देशको भ्रमणमा रहेका वनेम तिहारको टिकामाभने धरान आएका हुन । धरानमा दुईजना बहिनी भएको र त्यही लगाउने उनले बताए ।

दिपेन पोमु ः  आठराईत्रेवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुको भाइटीका आफ्नै गाउमा हुने भएको छ । काकाको छोरी दिदीको हातबाट यसवर्षको टिका लगाउने तयारीमा छन् । पोमुका आफ्ना चेली तीनजना छन् । यसवर्ष काकाको छोरीको हातबाट लगाउने तयारी गरेको छु उनले भने । 

मानवहादुर राई ः  सिदिङवा गाउपालिका अध्यक्ष मानबहादुर राई विगत ३५ वर्षदेखि मित बैनीको हातबाट टिका लगाउदै आएका छन् । यस वर्षपनि उनले त्यसलाई निरन्तरता दिनेछन् । तर यसवर्षको फरकभने मित वैनीले नभइ उनको छोरीले टिका लगाइदिने छन् । राईका आफ्ना चेली तीन जना हुन । तीमध्ये जेठी र माइली दिवङ्गत भए । कान्छी झापातिर छन् । उनले मेलेका गौतमसँग मित लगाएका छन् । गौतम चेलीले सिदिङवाका चौहानसँग विवाह गरेकी छन् । उनैले आफ्ना दाजु र मित दाजुलाई टिका लगाइदिँदै आएकी छन् । यसवर्ष मित वाहिनीको जुठो परेकाले उनकी छोरीले टिकाकालागि बोलाएकी छन् । पहिला त्यहाँ जान्छु त्यसपछि दाहाल थरका मेरो मीतको सानिमाको छोरीलेपनि लगाइदिने गरेकी छन् त्यहापनि गएर लगाउ5′ राईले भने पहिल्यैदेखि दुई ठाउँमा लगाउँछु । 

लालकृष्ण चौहान ः सिरिजङ्गा गाउपालिका अध्यक्ष सिरिजंगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले यसवर्ष आफ्नै घरमा भाइटीका लगाउदै छन् । चेलीलाई टिका लगाइदिन उनले घरमै बोलाएका छन् । पाँचजना दिदीबहिनी मध्ये एकजना मात्रै गाउमा भएकी र उनैले लगाइदिने चौहानले बताए । 

भक्तबहादुर कार्की ः  मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको भाइटीका झापाको कमल गाउपालिका ६ सितापुरीमा हुनेछ । कार्की टिका लगाउनकैलागि झापा गएका हुन् । कार्कीका दुई आमा हुन् । आफ्नो आमा तर्फ एक दिदी र एक भाइहुन । उनले यस पटक आफ्नै दिदीको हातबाट टिका लगाउने योजना बनाएर झापा गएको बताए । कान्छीआमा तर्फका दिदीबहिनी भने चार जना छन् । ‘कहिले कता कहिले कता पालो गर्दै टिका लगाउँछु,’ कार्कीले भने, ‘धेरै हुँदा पालो गर्न पाइयो नी ।’ दिदीलाई आफैँले खसी लिएर गएकोपनि कार्की बताउँछन् ।

राजन लिम्बू ९मुक्ती० ः  फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिको भाइटीका फक्ताङलुङ गाउँपालिकामै दुई ठाउँमा हुने भएको छ । तिहारमा गाउँपालिकामै रहेका अध्यक्षले अन्यत्रपनि जाने तर दुईठाउमा बोलाइएकोले टिका लगाउन जाने बताए । लिम्बूका सहोदर आमाका भने दुई दाजुभाइ मात्रै हुन् । अरु आमाका छोरीभएपनि यसवर्ष पालिकाकै चेलीबेटीको टिका लगाउने लिम्बूले बताए । 

डम्बर हाङगाम ः मेरिङदेन गाउँपालिका अध्यक्षम्ेरिङदेन गाउँपालिका अध्यक्ष युक हांबिर हाङगामले तिहारको टिका लगाउँदैनन् । तिहारभने मनाइरहेका छन् । उनका एकमात्र चेली रहेकी छन् । टिका त खासै लगाइदैन तिहारको देउसीभैलो भने गाउ र सदरमुकामसम्मै चलिरहेको छ हाङगामले भने

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066